चितवनबाट आएका भनिएका संक्रमित मुम्बईबाट आएको खुलासा

 न्यूज विराट
चितवनबाट आएका भनिएका संक्रमित मुम्बईबाट आएको खुलासा

जनकपुर, ४ जेठ-शनिबार संक्रमण देखिएका धनुषाका २ जना व्यक्तिले झुटाे विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । ती २ जना संक्रमितले सुरुमा आफूहरू चितवनबाट आएको बताए पनि जनकपुरस्थित कोभिड विशेष अस्पतालमा आउँदा उनीहरूले आफूहरू मुम्बईबाट आएको स्वीकार गरेका छन् ।

धनुषाको नगराइन नगरपालिका– ५ स्थित प्रादेशिक क्वारेन्टाइनमा रहेका दुवै संक्रमितले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेतलाई आफूहरू ९ वैशाखमा चितवनबाट आएको भन्दै झुटाे विवरण दिँदै आएका थिए ।

संक्रमित दुवै धनुषाको नगराइन नगरपालिका–९ स्थित घोडघासका हुन् । दुवै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरूले चितवनबाट साइकल चढेर धनुषा आएको भनी झुटाे विवरण दिएका थिए ।

उनीहरूले चितवनको देवकोटा चोकस्थित आदिकवि भानुभक्त क्याम्पसमा ओभरसियर पढ्ने विद्यार्थी भएको बताएका थिए । उनीहरू लकडाउन हुनुअघि बाहिर कोठा भाडामा लिएर बस्ने गरेका थिए ।

चितवनमा भाडामा बस्दा महोत्तरी र सिरहाका समेत १–१ जना उनीहरूसँग बस्ने गरेका जस्ता झुटो विवरणसमेत दिएका थिए । प्रादेशिक जनस्वास्थ्य कार्यालयका प्रवक्ताले उनीहरू मुम्बईबाट आएको जानकारी दिए ।

उनीहरूलाई मोटरसाइकलमा चढाएर सीमाबाट क्वारेन्टाइनसम्म ल्याउने व्यक्ति सम्पर्कमा आएपछि उनीहरूको पोल खुलेको थियो । त्यसपछि भने उनीहरूले वास्तविक कुरा बताएका थिए ।

ती दुवै जना चितवनबाट नभएर भारतको मुम्बईबाट आएको खुलेको छ । मुम्बईमा उनीहरू मजदुरी गर्ने गरेका थिए । उनीहरू आउने क्रममा धनुषाको बेलामा खानासमेत खाएको कुरा खुलासा भएको छ ।

सम्बन्धित समाचार

अमेरिकाको कोलोराडोमा गोली चल्यो, १० जनाको मृत्यु

एजेन्सी, १० चैत । अमेरिकाको कोलोराडोमा गोली चलेको छ । हतियारधारी एक व्यक्तिले गोली चलाउँदा एक जना प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार कोलोराडोस्थित बोल्डर सहरमा भएको उक्त गोलीकाण्डमा हतियार बोकेका ती व्यक्तिले...

२० बुँदे मागसहित मुक्ति समाज प्रदेश १ ले मुख्यमन्त्री राईलाई बुझायो ज्ञापनपत्र

विराटनगर, ७ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज प्रदेश १ ले विभिन्न २० बुँदे मागसहित मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज प्रदेश १ ले शुक्रबार प्रदेश...

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा

विराटनगर, १२ पुस-प्रदेश १ का थप तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय...

प्रदेश १ मा मंगलबार संक्रमित थपिनेभन्दा डिस्चार्ज हुने बढी

विराटनगर, १३ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १÷१ जना पुरुषको मृत्यु भएको छ । योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको...

१४ सय १७ वर्ष पुरानो पनौती जात्रा स्थगित

काठमाडौं, २२ जेठ-कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा...

चिकित्सकले मृत्यु निश्चित छ भनेका डा. र्‍यान ४ हप्तापछि कोरोनालाई जितेर फर्किए

एजेन्सी, बैशाख ४-डा. र्‍यान पडगेट ४५ वर्षका भए । उनी सिएटलको किर्कल्यान्ड हस्पिटलको आपतकालीन विभागका चिकित्सक हुन् । शारीरिक फिट्नेसका कारण उनलाई साथीहरूले आइरस म्यानको उपनाम दिएइका थिए । तर, जब कोरोना भाइरसको संक्रमणले छोयो,...

धाँधली भएको आरोप लगाएर ट्रम्पले दिएको उजुरी अदालतद्वारा खारेज

एजेन्सी, २१ कात्तिक-अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न...

लेखा समितिमा सांसदहरूले भने : स्वास्थ्यमन्त्री र सल्लाहकारको भूमिका शंकास्पद

काठमाडौं, ८ असार-कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदले बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्