काठमाडौं, जेठ ४-प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समयसम्म कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा बोल्दै देउवाले निर्मला हत्याको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरेका छन् । भ्रष्टाचारमा मन्त्री सामेल भएको प्रसंग कोट्याउँदै देउवाले नीति तथा कार्यक्रममा कोरोना संकटबाट मुक्तिका लागि स्पष्ट खाका नभएको बताए ।
कोरोना महामारीका बेला अत्यावश्यक वस्तु र औषधि घोटालामा छानविन हुनुको सट्टा प्रधानमन्त्री आफैँ बचाउमा लाग्नुले सरकार सुशासनमा कमजोर भएको पुष्टि भएको उनको भनाइ छ ।