काभ्रेमा ५० भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

 न्यूज विराट
काभ्रेमा ५० भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

काभ्रे, ४ जेठ-जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट आज बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो ।

सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् ।

आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जंगल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो ।

ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए । ‘नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन’ तिमल्सिनाले भने । उनले ती नागरिकका बारेमा  सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताए ।

यसैबीच कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ । ती महिलाको कारोना भाइरसका कारण मृत्यु भएको शनिबार साँझ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो । स्वासप्रस्वासमा समस्या भएपछि उपचारार्थ गत बिहीबार राति ९ः३० बजे धुलिखेल अस्पताल आएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको केही समयपछि नै मृत्यु भएको थियो ।

मध्यपूर्वी पहाडबाट काठमाडौं राजधानी जाने अरनिको र बिपी दुई प्रमुख राजमार्ग हुन् । बिपी राजमार्ग हुँदै तराई क्षेत्रबाट प्रवेश गर्ने सवारी जाँचका लागि रोशी गाउँपालिकाको मंगलटारमा चाँजचौकी राखी थप कडाइ गरिएको काभ्रेपलाञ्चोक प्रशासनले जनाएको छ ।

धुलिखेल अस्पतालमा भने मृतक महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी अस्पतालको क्वारेन्टाइनमा राखी अस्पताल क्षेत्रमा थप उच्च सतर्कता अपनाइएको अस्पतालका प्रवक्ता एवं प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले जानकारी दिए । उनका अनुसार मृतक महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण स्वाब संकलन गरिएको छ । रासस

सम्बन्धित समाचार

भारतसँग जोडिएका सवै नाका बन्द गर्न प्रदेशसरकारको केन्द्रसँग आग्रह

विराटनगर, चैत ७–प्रदेश एक सरकारले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग...

मान तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

विराटनगर । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद तथा पुर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा...

ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, ८ असोज । झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ  पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका...

अनुदानको सिलिण्डरमा वर्षमानको व्यापार : यसरी खुल्यो पोल

रोल्पा, जेठ १२-मूलुकमा महामारीले चरमरुप लिदा समेत माओवादी केन्द्रका नेताहरु अक्सिजन सिलिन्डर गाउँ–गाउँमा पठाउदै चुनावी प्रचार मात्रै गरेनन्। उनीहरूले अनुदानमा आएका नीला रंगका सिलिन्डरहरू स्थानीयसम्म पुर्याउदै व्यापार गरिरहेका छन्। पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान...

संघीय निजामती ऐन एक महिनाभित्रै संसदमा पेश हुन्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अबको एक महिनाभित्रै संघीय निजामती ऐन संसदमा पेश हुने बताएका छन् ।मोरङको बेलबारीमा मंगलबार लोहन्द्र खोलाको पुल उद्घाटन गर्न आयोजित कार्यक्रममा बोल्दै मोदीले उक्त कुरा बताएका...

चौरजहारी घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति

काठमाडौं, १३ जेठ-सरकारले चौरजहारी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ मा गत शनिबार भएको घटनामाथि छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको गृहमन्त्री रामबहादुर थापाले बताएका हुन् ।...

सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

सप्तरी, ११ असार-चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर छुट्टाछुट्टै ठाउँमा ४ जनाको मृत्यु भएको हो । जिल्लाको महदेवा गाउँपालिकामा २, राजगढ गाउँपालिकामा १ र डाक्नेश्वरी नगरपालिकामा...

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल आज, कसले जित्ला उपाधि ?

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल आज शनिबार साझमा विराटनगरमा हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा हुने उक्त प्रतियोगिताको फाइनलमा ७९ जनाले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरको सिटी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्