कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

 न्यूज विराट
कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

सिरहा, ४ जेठ-कोरोना संक्रमित पुष्टि भएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ ।

सुखवानान्कारकट्टी गाउँपालिका-१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए ।

अत्यावश्यक कामबाहेक कसैलाई पनि बस्तीबाहिर जान र आउन नदिन सिल गरिएको प्रजिअ गुरागाइँले बताए । सङ्क्रमण पुष्टि भएका युवकलाई सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । साथै युवकको सम्पर्कमा आएकाहरूलाई तत्काल क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको र उनको कन्ट्याक्ट ट्रेसिङ सुरू गरिएको समेत प्रजिअ गुरागाईँले बताए ।

गत फागुन २८ गते मलेसियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसैबीच आजदेखि लकडाउनलाई अझ कडा बनाइने प्रजिअ गुरागाईँको भनाइ छ ।

सम्बन्धित समाचार

एसईई परीक्षाको मिति तोकिएको हल्ला मात्रै

काठमाडौं, १९ चैत-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै फेक विज्ञप्ति भाइरल भएपछि कार्यालयले परीक्षाको मिति नतोकिएको...

सदस्य सचिव बस्नेतद्वारा खोटाङ जिल्लाको खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खोटाङ जिल्लाको खेलकुद विकास समितिको कार्यालय तथा जिल्लामा रहेको खेलकुद संरचनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन्। कोशी प्रदेशको विभिन्न जिल्लाहरुको खेलकुद समिति मातहतको...

प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठकः स्वयंसेवी अभियान कार्यविधि स्वीकृत

विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको...

जगदम्बा समूहका कार्यकारी निर्देशकको घर र कार्यालयमा प्रहरीको छापा

जगदम्बा समूहका कार्यकारी निर्देशक सुलभ अग्रवालको घरमा प्रहरीले छापा हानेको छ । मंगलबार बिहान ज्वरो नाप्ने थर्मल गनमा कालाे बजारी गरेकाे आराेपमा पक्राउ परेका अग्रवालको घरमा प्रहरीले दिउँसो छापा होनेको हो । महानगरीय प्रहरी अपराध...

२ लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन

काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...

पछिल्लो २४ घण्टामा २२४८ जना कोरोनामुक्त

आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा कुल १२ हजार ५ सय १६ नमूना परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सो मध्ये ९ हजार...

सिद्धबाबा प्रकरण :आरोपित गिरीको बयान सकियो, थुनछेक बहस आइतबार

विराटनगर, पुस ११–अनुयायी महिलालाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आज बयान लिइएको छ । गिरीको बयान लिए पनि कार्यालय समय सकिएकाले थुनछेक बहस भने आइतबारका लागि तोकिएको छ । सरकारी वकिलमार्फत अदालतमा अभियोग...

कोरोना संक्रमणबाट बीपीमा एक महिलाको मृत्यु

विराटनगर, १७ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत सुनसरीको इनरुवा–४ कि २८ वर्षिया महिलाको शनिबार बिहान ४.३० बजे मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्