गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा भेटियो किरा

 न्यूज विराट
गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा भेटियो किरा

विराटनगर,जेठ ३–मोरङको सुन्दरहरैचा नगरपालिका– १० विराटचौक स्थित गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा किरा भेटिएको छ । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको नेतृत्वमा आएको अनुगमन टोलीले डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको ६८ थान प्याकेजिङ्ग गरिएको च्याउमा किरा भेटिएको हो ।

थाइलेण्डबाट आयत गरेर ल्याएको भनिएको उक्त च्याउमा ढुसी परेर किरा लागेको अवस्थामा फेला पारेको घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख उद्योग अधिकृत गोकुल केसीले जानकारी दिए ।

किरा भेटियो च्याउमा उत्पादन मिती र म्याद सकिने मिती पनि उल्लेख थिएन् । संयुक्त बजार अनुगमन टोलीले किरा भेटिएको च्याउ पूर्ण रुपमा नष्ट गरेको छ । अनुगमनको क्रममा गोर्खा डिपाटमेन्ट स्टोरले खाद्यान्य लगायतको सामान पनि उद्योगमा दर्ता नगरी आफनै पसलको नाममा प्याकेजिङ्ग गरि विक्री वितरण गरिएको पाइएको उद्योग अधिकृत केसीले बताए ।

डिपार्टमेन्ट स्टोरले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञा पत्र पनि नलिकन खाद्यान्य विक्री वितरण गरिएको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले ५० हजार रुपैयाँ जरिवना गरिएको उनले बताए । उनले आगामी दिनमा म्याद सकिएको खाद्य बस्तु विक्री वितरण नर्गन र प्याकेजिङ्ग उद्योगमा दर्ता गराइ खाद्य अनुज्ञापत्र लिएर मात्र विक्री वितरण गर्न कडा निर्देशन दिएको केसीले बताए ।

यस्तै सोही दिन गरिएको अनुगमनको क्रममा सुन्दर हरैचा नगरपालिकास्थित जुनतारा बजारमा सुप र विभिन्न मसलामा म्यात सकिएको भेटिएको छ । पहिलो पटक थोरै परिणाममा म्यात सकिएको सामन भेटिएकोले न्यूनतम १० हजार रुपैयाँ जरिवना गरिएको बताइएको छ ।

यस्तै सगुन किराना स्टोरमा पनि अनुगमन गरिएको छ । उक्त स्टोरलाई उपभोक्ता हित संरक्षण ऐनको पूर्ण पालना गरि विक्री वितरण गर्न निर्देशन दिएको बताइएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु विक्री वितरण गरिने फर्मलाई कारबाहीको दायरामा ल्याउने सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताइन् । यता गार्खा डिपार्टमेन्ट स्टोर विराटचौकका इन्चार्ज सन्तोष आचार्यले भने च्याउमा घुन मात्र लागेको दाबी गरे ।

सम्बन्धित समाचार

भारतले आज ७३औँ गणतन्त्र दिवस मनाउँदै : नेपालबाट दिइयाे शुभकामना

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न

विराटनगर, २१ असार । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार विषेश समारोहकाबिच वर्ष २०२२–२३ का पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गराइएको हो । रोटरी...

रुकुम हत्याकाण्डको विरोधमा उर्लाबारीमा प्रदर्शन

विराटनगर, जेठ १५-जातकै कारण रुकुम पश्चिममा दलित युवक नवराज विक सहित चारजनाको हत्या भएको भन्दै मोरङको उर्लाबारीमा विरोध प्रदर्शन गरिएको छ । दलित संघर्ष समिति, विश्वकर्मा सेवा समिति उर्लाबारी, राष्ट्रिय दलित पत्रकार संघ मोरङलगायत संघ...

कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने

सुर्खेत, १ असार-कर्णाली प्रदेश सरकारले कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पर्वतीय विश्वविद्यालय स्थापना गर्ने जनाएको हो । प्राविधिक जनशक्ति उत्पादनका लागि कर्णाली प्रदेशको...

सम्झाना खत्री परियारको हत्याका अभियुक्त उनकै प्रेमी

विराटनगर, माघ २६–विराटनगर १२ स्थित उखुबारीमा माघ २४ गते मृत भेटिएकी सम्झना खत्री परियारको अवैध प्रेम सम्बन्धका कारण हत्या भएको खुलेको छ । सम्बन्धमा तिक्तता आएपछि सप्तरी घर भएका २५ बर्षिय सुरेन्द्र साहले उनको हत्या...

लकडाउनका प्रभावितको विवरण संकलनका क्रममा झडप, १९ जना घाइते

पर्सामा लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरूलाई राहत बाड्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका-१९ बरेवा गाउँमा लकडाउनले राहत बाँड्ने विषयमा दुई पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते...

चोरीको आरोपमा एक जना पक्राउ

विराटनगर, १६ माघ । झापाको अर्जुनधारा नगरपालिका–५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए...

सागका पदक विजेता ८८ खेलाडी प्रदेश १ सरकारद्धारा सम्मानित

विराटनगर, ३१ असार–प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्