भारतीय सीमाका ८४ स्थानमा सशस्त्र, तर पनि रोकिएन अवैध प्रवेश

 न्यूज विराट
भारतीय सीमाका ८४ स्थानमा सशस्त्र, तर पनि रोकिएन अवैध प्रवेश

बैतडी, ३ जेठ-भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो । सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका पाँच जिल्लाका ८४ ठाउँमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।

जसमा सबैभन्दा बढी कैलालीमा ४२, कञ्चनपुरमा २४, दार्चुलामा नौ, बैतडीमा पाँच र डडेल्धुरामा चार स्थानमा पोष्ट स्थापना गरिएका सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी अत्तरिया कैलालीले जनाएको छ । भारतबाट अवैधरुपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, पोष्ट र गुल्म स्थापना गरिएका वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकीले बताए । बैतडीसहित सुदूरपश्चिमका सीमा क्षेत्रमा १ हजार ४०० सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

केमसन मोरङको अध्यक्षमा दिनेशकुमार राउत

विराटनगर । रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसन) को अधयक्षमा दिनेशकुमार राउत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको प्रथम मोरङ जिल्ला अधिवेशनले राउतको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो । विराटनगरमा...

नेता कार्यकर्तालाई सम्मान गर्दै जसपा मोरङले मनायो प्रथम स्थापना दिवस

विराटनगर, १२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले पार्टीको स्थापना दिवस मनाएको छ । जसपा नेपालका मोरङ अध्यक्ष मो. कादिरको अध्यक्षतामा शनिबार कार्यक्रम गर्दै पार्टीको प्रथम स्थापना दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख...

भ्रम फैलाउने १७ अनलाइन बन्द

कोरोना भाइरसबारे भ्रम फैलाउने गरी समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा अनलाइन सञ्चार माध्यम बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । काउन्सिलले १० चैतदेखि १६ चैतसम्मको अवधिमा भाइरसबारे विभिन्न भ्रम फैलाएको...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-२ वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा...

दक्षिण कोरियामा फेरि बढे कोरोना संक्रमित, २४ घन्टामा ४४ जनामा संक्रमण पुष्टि

सोल, २३ असार-दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका थप ४४ जना भेटिएका बताइएको...

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी प्रभु प्रसाद ढकाल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...

कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट बुढाथोकी पुरस्कृत

विराटनगर, फागुन १८–कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएकोे छ । प्रेस संगठन नेपाल, मोरङले आयोजना गरेको सपथ ग्रहण एवं पुरस्कार वितरण कार्यक्रममा आज पत्रकार बुढाथोकीलाई पुरस्कार प्रदान गरिएको हो । अन्नपूर्ण...

मोरङमा ६६ प्रतिशत मत खस्यो

विराटनगर । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा ६६ प्रतिशत मत खसेको छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेको मध्ये प्रारम्भिक तथ्यांक अनुसार ४ लाख ८७ हजार ४७...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्