कर्णालीमा डुङ्गा पल्टिदा ३ जना बेपत्ता थप सामग्री

 न्यूज विराट
कर्णालीमा डुङ्गा पल्टिदा ३ जना बेपत्ता थप सामग्री

सुर्खेत, ३ जेठ-सुर्खेतको चौकुने गाउँपालिका-२ को कर्णाली नदीमा डुङ्गा पल्टिँदा ३ जना बेपत्ता भएका छन् । शुक्रबार साँझ साढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा पल्टिएको हो ।

ढुङ्गा पल्टिदा सुर्खेत चौकुने गाउँपालिका–२ धमु डम्मर विकका १० वर्षीय छोरा हिरु विक, मोहन्याल गाउँपालिका– २ कोलतडीकी २५ वर्षीय मानकु विक र उनका ४ वर्षीय छोरा धनबहादुर विक रहेको अस्थायी प्रहरी पोष्ट लगामका असई सुविन शाहले बताए ।

‘लकडाउनका कारणले कर्णाली नदीका पुलबाट आवातजावत बन्द गरिएकापछि कैलालीबाटै डुङ्गा मगाएका थिए’ उनले भने, ‘डुङ्गा चालक भने पौडी खेलेर सकुशल रहेका छन् ।’ कर्णालीमा बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सम्बन्धित समाचार

कोरोना प्रभाव सिराइचुली मेला यस वर्ष स्थगित

मुग्लिन, ३०-चैत-पर्यटकीयस्थल चितवनकै सबैभन्दा अग्लो स्थान सिराइचुलीडाँडामा हरेक नयाँ वर्षमा लाग्ने मेला यस वर्षको नयाँ वर्ष २०७७ मा आयोजना नहुने भएको छ । विश्वव्यापी माहामारीका रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको प्रभावका कारण यस वर्ष मेला आयोजना...

विराटनगरका रोहितको गोलीहानी हत्या, सम्झना चोक शोकमा डुब्यो

विराटनगर । विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोलीहानी हत्या भएको छ । धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती खोला पुलको दक्षिणपट्टी उनको गोली हानी हत्या भएको हो । विराटनगर महानगरपालिका–...

समावेशी नीति बनाउन यौनिक तथा अल्पसङ्ख्यकको माग

विराटनगर । राजनैतिक दलहरूले नीति निर्माण बनाउँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको माग सुनवाइ गरिनुपर्ने उनीहरूले बताएका छन् ।राजनैतिक दलका नेताहरूलाई राखेर यौनिक तथा लैगीक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो...

कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, ७ वर्षीय बालकको मतिष्कमा गाडिएको हड्डी निकाल्न सफल

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी...

बङ्गलादेशमा डुङ्गा दुर्घटना हुँदा २३ जनाको मृत्यु

एजेन्सी, असार १५-बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान  भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ...

लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान, २४ घण्टाको समय

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को...

मोरङको कटहरीले ल्यायो ५० करोड ८२ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...

तस्करीको कपडा ट्रान्सपोर्टमा : अवैध कपडालाई वैधानिक पार्न भ्याट बिलको प्रयोग

विराटनगर । भारतदेखि तस्करी गरेर ल्याइएको कपडाको भ्याट बिल असम्बन्धित फार्मले काटिदिने गरेको पाइएको छ ।राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेको ठूलो परिमाणमा तस्करीको कपडा बरामद गरेपछि यस्तो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्