नेकपा केन्द्रीय सदस्य भन्छन्, ‘न्यायालयमा हाम्रै मान्छे छन् दासढुंगाको छानविन गरौँ’

 न्यूज विराट
नेकपा केन्द्रीय सदस्य भन्छन्, ‘न्यायालयमा हाम्रै मान्छे छन् दासढुंगाको छानविन गरौँ’

काठमाडौं, ३ जेठ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले दासढुंगा हत्याकाण्डको छानविन अहिले नभए कहिल हुन्छ भन्दै प्रश्न गरेका छन् । मदन-आश्रितको २७ औँ स्मृति दिवसको अवसरमा आज ट्विट गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

न्यायालयमा नेकपाको बाहुल्य रहेको भन्दै नेता रिजालले अब घटनाको छानविन हुनुपर्ने मागसमेत गरेका छन् । ‘मानिसहरू प्रश्न गर्दैछन्, ‘दासढुंगा हत्याकाण्डको छानविन अब पनि नभए कहिले हुन्छ ?’ उनले ट्विटमा भनेका छन्, ‘हुन पनि हो राष्ट्रपति हाम्रै, सरकार हाम्रै, संसद् हाम्रै, न्यायालयमा पनि ‘हाम्रै’ बाहुल्य ।  तर, पनि मदन-आश्रितका हत्यारा पत्ता लाग्दैनन् भने कहिले लाग्छन् ? समाजवादसम्म त निकै ढिला भइसक्ने छ कमरेड !’

३ जेठ २०५० मा त्रिशूलीमा भएको जीप दुर्घटनामा मदन–आश्रितको मृत्यु भएको थियो । सो घटना अहिलेसम्म पनि रहस्यमय घटनाकारूपमा लिइएको छ ।

सम्बन्धित समाचार

ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने

काठमाडौं, ५ फागुन । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने...

बालकसहित थप २ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १८ पुग्यो

काठमाडौं, ३१ जेठ-नेपालमा थप दुई जनाको कोरोना भाइरस संक्रमणका मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा १ बालकसहित २ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । पर्साको...

विराटनगरमा ६ वडाको मतगणना सकियो, तीन वटामा एमालेको जित

विराटनगर, ३ वैशाख । विराटनगरमा हालसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म वराटनगर महानगरपालिकाका वडा नम्बर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको हो । ती वडाको...

मेगा बैंकका ग्राहकलाई विशेष छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

काठमाडाैं, १४ वैशाख-मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधि प्रदान गर्ने भएको छ ।सम्झौताअनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरूलाई स्वास्थ्य...

सुवास नेम्वाङ भन्छन् : मलाई प्रधानमन्त्रीको अफर आइरहेको छ 

काठमाडौं, १९ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विभिन्न स्थानबाट प्रधानमन्त्रीको प्रस्ताव आए पनि स्वीकार...

चौथो मिल्स गोल्डकपको फाइनल आज : एपीएफ दोस्रो पटक र घरेलु टोली पेमा पहिलो पटक उपाधि जित्ने दाउँमा

विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली पेमा युवा क्लब विराटनगर पहिलो पटक र सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी दोस्रो पटक उपाधि हात पार्ने दाउमा रहेको छ । दुवै टोली...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने

काठमाडौं, २५ माघ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय संसदअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगबार सिंहदरबारमा बैठकले पेट्रोलियम पदार्थको मूल्य...

राजपुत समुदाय संगठित, विराटनगरको अध्यक्षमा राजेश

विराटनगर । नेपालको तराई मधेशमा बसोबास गर्दै आएका राजपुत समुदाय संगठित हुन थालेका छन् । जिल्लाभरी छरिएर रहेका राजपुत समुदायको तथ्यांक संकलन गरेर संगठित हुन थालेका हुन् । जातिय एवंम सामुहिक एकता कायम गरेर राजपुत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्