सबै स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण गरिने

 न्यूज विराट
सबै स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण गरिने

काठमाडौं, १ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्ने भएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए । उनका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण सुरु गरिएको छ ।

यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड–१९ परीक्षण गर्ने भएको छ । उनले उनीहरू बन्दाबन्दी (लकडाउन) को समयमा पनि काममा खटिरहेकाले परीक्षण गर्ने बताए । उनीहरूको परीक्षणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ । केही दिनअघि २ पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । अहिलेसम्म पिसिआर २२ हजार ६६४ को र आरडीटी परीक्षण ६२ हजार ३२७ मा गरिएको छ ।

यसैगरी मन्त्रालयले क्वारेन्टाइनमा रहेका सबैको कोभिड–१९ परीक्षण गर्नेभएको छ । यही जेठ ५ गतेभित्र क्वारेन्टाइनमा रहेका सबैको आरडीटी र पिसिआर विधिबाट परीक्षण गर्ने विज्ञ सल्लाहाकार डा कार्कीले जानकारी दिए । अहिलेसम्म मुलुकभरि १५ हजार ६०० जना क्वारेनटाइनमा रहेका छन् । देशभरिका विभिन्न स्थानमा ५३ हजार ८३५ क्वारेन्टाइन वेड रहेका छन् ।

सम्बन्धित समाचार

तस्करलाई सघाएको आरोपमा चार प्रहरी निलम्बित

जनकपुर, २२ जेठ-प्रहरीको मिलोमतोमा जनकपुर क्षेत्रका तस्करी भइरहेको आरोप लागिरहेका बेला प्रदेश २ का चार जना प्रहरी निलम्बनमा परेका छन् ।लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।...

बाँकेमा आरडिटीबाट कोरोना परीक्षण सुरु

बाँके, २९ चैत-बाँकेमा कोभिड–१९ को र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण सुरु भएको छ ।भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना...

‘फेवा आइडलले केराबारीको शिर उचो बनाएको छ’

  किशन शाही केराबारी । उत्तरी मोरंगमा संञ्चालित शैक्षिक संस्थाहरुको तुलनामा नीजि क्षेत्रको अग्रणी भूमिका निर्वाह गर्न सफल स्कुल विद्यार्थीहरुका लागि उत्कृष्ट प्लेटफर्म भएको समाजसेवी तथा शिक्षापे्रमीहरुले बताएका छन् । प्रतिभा पहिचान र प्रस्फुटनका लागि...

विराटनगरमा तास खेल्दै गरेको अवस्थामा आधादर्जन व्यक्ति पक्राउ

विराटनगर, १ फागुन । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २३ वर्षीय सुबोध यादब, सोही ठाउँका २२ वर्षीय प्रकाश यादव, २८ वर्षीय मुकेश यादव, ३८...

नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गराउन धर्ना

काठमाडौं, ३० असार-नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । २२ असारमा सेनिटाइजर दर्ताको म्याद ३ महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेका...

मलेसियाले ९ जूनसम्म लकडाउन थप्यो, अवैध कामदारले देश छाड्ने समय १४ दिन धकेलियो

काठमाडाैं, २८ वैशाख-मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि पुन: थपेको छ । मलेसियाले ९ जूनसम्म लकडाउनको अवधि बढाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो । ४...

विराटनगरमा संक्रमितको संख्या ४४७ पुग्यो, ६ जनाकोे मृत्यु

विराटनगर, ३० साउन–प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २० पुरुष र १३ महिला रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार थपिएका...

कोरोनाको असर खनिज तेलमा : प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति

ओपेक, रसिया र अरू तेल उत्पादक राष्ट्रहरूबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको यो १० भागमा एक भाग हो । कोरोनाभाइरसको महामारीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्