निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका महिलाले लगाए प्रहरीचौकीमा ताला

 न्यूज विराट
निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका महिलाले लगाए प्रहरीचौकीमा ताला

कपिलवस्तु, १ जेठ-कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरूद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् ।

वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन् । स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरूषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करीब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो ।

पीडित बालिकाहरूले आफूहरूलाई अभियुक्तले यौन दुर्व्यवहार गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनीहरूले पीडितले न्याय पाउनैपर्छ भन्दै नाराबाजी गर्दै प्रहरीलाई भित्र थुनेर चौकीमा ताला लगाइदिएका छन् । प्रहरीले पीडकसँग रकम खाएर मुद्दा कमजोर बनाएको महिलाको आरोप छ । जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाइछाड्ने आदेश दिएको आन्दोलनकारी महिलाको भनाइ छ ।

सोहीअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै आएपछि ती बालिका थप असुरक्षित भएको भन्दै महिलाहरूले न्यायको मागसहित प्रहरीमा घेराउ गरेका हुन् । एक अभियुक्त छुटे पनि अर्कालाई अझै अदालतमा पेस गरिएको छैन ।

सम्बन्धित समाचार

सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

विराटनगर । सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको हो ।सख्त घाइते भएका एक...

क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेशीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतवनी, दियो २४ घण्टाको अल्टिमेटम

विराटनगर – नेपाल क्षयरोग निवारण संस्था मोरङले गैर कानुनी तरिकाले विराटनगर ७ हस्पिटल चोकमा रहेको मोनिका फार्मेशीमा लगाएको ताला २४ घण्टा भित्रमा नखोले आन्दोलन गर्ने औषधी व्यवसायीहरुले चेतवनी दिएको छ । नेपाल औषधी व्यवसायी संघ...

कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

काठमाडौं, ५ असोज-कोरोना महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि...

ग्रेडेड स्कुलमा निर्वाचनबाट नयाँ नेतृत्व चयन

विराटनगर । विराटनगर – ८ स्थि ग्रडेड स्कुलले निर्वाचन पद्धतीबाट नयाँ नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा बिहीबार निर्वाचन गरेर स्कुल क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको हो ।१४ जना विद्यार्थीहरु प्रजातान्त्रिक प्रकृयाबाट निर्वाचित...

प्रदेश १ मा २७ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर, १८ साउन–प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २...

भारतसँग जोडिएका सवै नाका बन्द गर्न प्रदेशसरकारको केन्द्रसँग आग्रह

विराटनगर, चैत ७–प्रदेश एक सरकारले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग...

अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाल दोस्रो

विराटनगर । अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडी दोस्रो भएको छ । भारतको हिमान्चल प्रदेशमा हालै सम्पन्न भएको अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडीहरुले ५ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेर द्धितीय भएको...

BREAKING : सर्वोच्चले गर्‍यो फेरि प्रतिनिधिसभा पुनर्स्थापना

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्