कोरोनालाई जितेर २ संक्रमित घर फर्किए

 न्यूज विराट
कोरोनालाई जितेर २ संक्रमित घर फर्किए

काठमाडौं, ३१ वैशाख-उपचारपछि निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ । आज मात्रै चितवनबाट १ महिला र बुटवलमा उपचाररत १ जना पुरुष डिस्चार्ज भएका छन् ।

‘बुटवलमा उपचाररत २५ वर्षीय पुरुष ११औँ दिनमा र चितवनमा उपचारका क्रममा रहेकी ६३ वर्षीय महिला २६ औँ दिनमा डिस्चार्ज हुनु भएको छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘यसरी डिस्चार्ज हुने संख्या ३५ पुगेको छ ।’

बुधबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार नयाँ संक्रमण देखिनेमा बाँकेका ३६ वर्षिय पुरुष र कपिलवस्तुका २२ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । बाँकेका पुरुषको धुलिखेल, कपिलवस्तुको पुरुषको टेकुमा पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या २ सय १९ पुगेको छ । जसमा १ सय ७६ जना पुरुष र ४३ महिला रहेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रदेश नम्बर २ प्रभावित भएको छ । त्यहाँ ९६ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि एमाले उम्मेदवार दुई तिहाइ मतले विजयी

नवलपुर, पुस२० । नवलपुरमा स्थायनीय तहको झल्को दिनेगरी भएको खानेपानी संस्थाको चुनावमा सत्तारुढ गठबन्धन पराजीत भएको छ । सत्तारूढ दलहरू सबै एकातिर र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकातिर हुँदा पनि खानेपानीको चुनावमा एमाले उम्मेदवार...

विराटनगरको नोबेल अस्पतालले भन्यो-सवै सेवा खुला छ, भ्रममा नपर्नुहोस्

विराटनगर, २ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा...

नेपालमा थप एक जना कोरोना संक्रमित भेटिए

नेपाल थप एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । दुबईबाट फर्केका एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको हो । योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका...

भारतीय विदेश सचिवको सुरक्षाका लागि चारवटै निकायका सुरक्षाकर्मी परिचालन

काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको सुरक्षाको लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ । चार्टर्ड विमानबाट नेपाल आएका उनी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बसेका छन् । काठमाडौं प्रहरीका अनुसार होटल क्षेत्रलाई...

जिवन विकास समाजले सुरु गर्यो ५ सय बिघा बाँझो जमिनमा खेती गर्ने अभियान

विराटनगर, भदौ १९–शहर तथा गाउँ क्षेत्रमा बाँझो जमिन अत्याधिक बढेपछि मोरङको कटहरीस्थित जीवन विकास समाजले बाँझो खेतमा खेती गर्ने अभियान सुरु गरेको छ । शुक्रबार कटहरी–२ करिब ४ कठ्ठा जमिनमा पछुवा धान रोपी अभियानको सुरुवात...

प्रदेश २ मा नेपाली काँग्रेसद्वारा ४० लाख रुपैयाँ सहयोग

प्रदेश नं २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज ४० लाख ७५ हजार प्रदान गरेको छ । नेपाली काँग्रेसका प्रदेश नं २ स्थित ८ वटै...

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

चन्द्रमामा पानी भेटियो, मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता

एजेन्सी, ११ कात्तिक-अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी भेटिएको पुष्टि गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता भएको वैज्ञानिकहरुको भनाई छ । यसअघि चन्द्रमाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्