विराटनगर,३१ बैशाख ,कोरोना संक्रमणले विश्व आक्रान्त भईरहेको बेला होमियो प्याथीक उपचारलाई पद्धतीलाई उपयोग गर्न चिकीत्सकहरुले सरकार संग माग गरेका छन । एलोपेथिक उपचार विधि भन्दा होमियो पैथिक उपचार पद्धती निकै प्रभावकारी रहेको जनाउदै नेपाल होमियो पैथिक चिकीत्सक संघका महासचिव रवि प्रकाशले होमियो पैथिक उपचार पद्धतीले रोगप्रतिरोधात्कम क्षमतामा बृद्धि गर्ने औषधि भएको जानकारी गराउदै आज प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई ज्ञापन पत्र बुझाएको बताईएको छ । पुराना तथा दिर्घ रोगहरुको सफल उपचार गर्दै आएको सो उपचार विधि विश्वमै सफल मानिएको हुनाले रोनो भाईरस विरुद्धको उपचारमा होमियो पैथिक चिकीत्सकहरुलाई प्रयोग गर्न आग्रह गरेको बताउनुभयो । सो कार्यक्रममा सो संस्थाका बहुसंख्यक पदाधिकारीहरु सहभागि छन ।