कोरोना संक्रमित बालिकाको सम्पर्कमा रहेका १ सय १ जनाको स्वाब संकलन

 न्यूज विराट
कोरोना संक्रमित बालिकाको सम्पर्कमा रहेका १ सय १ जनाको स्वाब संकलन

धनगढी, ३१ वैशाख-बर्दियाकी कोरोना भाइरस संक्रमित बालिकाको सम्पर्कमा रहेका कैलालीका १ सय १ जनाको स्वाब संकलन गरिएको छ ।बर्दियाको राजापुर नगरपालिका-५ की ११ बर्षिया बालिकामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरूको मंगलबार स्वाब परीक्षण गरिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बालिकाको सम्पर्कमा रहेका गोदावरी नगरपालिका-८ मजगाउँमा ९६ र भजनीका ५ गरी १ सय १ जनाको स्वाब संंकलन गरिएको बताए ।

बालिका बसेको घर लगायत त्यो परिवारको सम्पर्कमा आएकाहरूको स्वाब संकलन गरिएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले जानकारी दिए ।

२१ घरधुरी रहेको सो क्षेत्रबाट १ सय ३० जनाको स्वाब संकलन गरिने भने पनि भीटीएम अपुग भएका कारण मंगलबार ९६ जनाको मात्रै स्वाब संकलन गरिएको प्रजिअ बोहराले जानकारी दिए ।

बुधबार धनगढीबाट थप भीटीएम लिएर स्वाब संकलन गरिने उनले बताए । संकलित स्वाब परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।

कैलालीबाट बर्दिया पुगेकी ११ वर्षीय बालिकामा कोरोना पुष्टि भएपछि उनी बसेको मजगाउँ सिल नै गरिएको छ । ५ चैत्र आफ्नो हजुरआमासँग मजगाउँ गएकी बालिकामा सोमबार कोराना पुष्टि भएको हो ।

बालिका त्यहाँ करिब ३७ दिन बसेर १२ वैशाख कैलालीकै भजनी मामा घरमा बसेको खुलेको छ । १६ गते बर्दिया गएपछि उनमा सोमबार कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

ज्ञानेन्द्रकाे सचिवालय भन्छ, ‘राजावादीकाे जुलुसमा हाम्राे सं‌लग्नता छैन’

काठमाडौं, १७ मंसिर-१५ मंसिर मध्याह्न काठमाडौंको सडकमा चर्को नारा उर्लियो, ‘राजा आऊ, देश बचाऊ ।’ यो नारा विराटनगर, बुटवल, धनगढी, पोखरा, हेटौँडा हुँदै काठमाडौं भित्रिएको हो । यी सबै सडक आन्दोलनमा राजनीतिक दलहरूको घोषित संलग्नता...

नेपाली भूमि डुबानका विषयमा नेपालले भारतसँग वार्ता गर्ने

काठमाडौं, २ साउन-नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन (अनन्त)ले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी...

बीपीमा कोरोना उपचारका लागि पहिल्यै ७ देखि ६० हजारसम्म जम्मा गर्नुपर्ने

विराटनगर, ६ कात्तिक-वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण तथा कोभिड संक्रमित उपचारको लागी नयाँ निर्णय भएको छ । आइतबार देखि लागु हुने निर्णय अनुसार पिसिआर परिक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरीएको छ ।...

कोशी अस्पतालबाट एक जना कैदी फरार

विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदी उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान...

बराक ओबामासहित प्रतिष्ठित व्यक्तिको एकाउन्ट ह्याकिङको अनुसन्धान गर्दै ट्विटर

एजेन्सी, साउन १-विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका...

अनुशासन उल्लघंन गर्ने सांसदलाई कारवाही गर्न एमालेले गठन गर्यो संसदीय बोर्ड

काठमाडौं, चैत्र ५-नेकपा एमालेले पार्टीको अनुशासन उल्लंघन गर्ने सांसदलाई कारवाही गर्ने बाटो खोलेको छ । संसदीय दलको बैठकले कारवाही गर्न गठन गर्नुपर्ने संसदीय बोर्ड बनाएको हो । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले...

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

धनुषा, १० कात्तिक-बडा दसैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्