जनकपुरमा पत्रकारलाई कोरोना संक्रमण

 न्यूज विराट
जनकपुरमा पत्रकारलाई कोरोना संक्रमण

जनकपुर, ३१ वैशाख-जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

कोरोना पुष्टि भएका ४० वर्षीय पुरुष पत्रकार लामो समयदेखि जनकपुरमा कार्यरत छन् । घर र कार्यालय मात्रै आउजाउ गर्ने गरेका ती पत्रकारमा कसरी कोरोना सर्‍याे भन्ने विषयमा अनुसन्धान सुरू गरिएको प्रजिअ निरौलाले बताए ।

करिब १ साताअघि पत्रकार महासंघ धनुषाबाट नेपाली सेनाको टोलीले २१ जना पत्रकारको स्वाब संकलन गरेर लगेको थियो । जसमध्ये १ पत्रकारमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित पत्रकारको परिवार र कार्यालयमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ  । त्यस्तै, अर्का कोरोना संक्रमित पुरुष पुस्तक व्यवसायी रहेको बताइएको छ ।

सम्बन्धित समाचार

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, १३ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय लिएको समितिका १ सदस्यले बताएका छन्...

मोरङ व्यापार संघका कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित

विराटनगर, २० पुस । मोरङ व्यापार संघको कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उम्मेद्वारी दर्ता गर्ने समयसीमा सकिँदा संघको ३३ औँ कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमितिमा ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ...

विराटमा आङ खस्ने महिलाको निःशुल्क उपचार : शल्यक्रियापछि विरामी भन्छन्, ‘पुनर्जीवन पायौं’

विराटनगर । कोशी प्रदेश सरकारले आङ खस्ने महिलाको उपचार निःशुल्क सुरू गरेको छ । पहाडी र तराइको जिल्लाको ग्रामिण क्षेत्रमा आङ खस्ने रोगको समस्याले महिलाहरू ग्रसित भएपछि प्रदेश सरकारले निःशुल्क उपचार सेवा सुरू गरेको हो...

महिलालाई स्वस्थ्य बनाउन सौन्दर्यकर्मीले गर्यो शिविर, ७५ जना महिलाले गराए स्वास्थ्य जाँच

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले तिजको अवसर पारेर निःशुल्क भिआइए जाँच शिविर आयोजना गरेको छ । सौन्दर्यकर्मी युनियनले मोरङको कटहरी गाउँपालिका – ३ कटहरीको स्वास्थ्य चौकीमा मंगलबार पाठेघरको मुखको क्यान्सरको परीक्षणको...

कांग्रेस सभापतिमा ६ जनाकाे उम्मेदवारी

काठमाडौं, २५ मंसिर । कांग्रेस सभापति पदमा ६ जनाकाे उम्मेदवारी परेकाे छ । काठमाडाैंमा जारी १४औँ महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका हुन्...

निको भएर फर्किए १६ कोरोना संक्रमित

काठमाडौं, १४ वैशाख-कोरोना भाइरस संक्रमण भेटिएका १६ जना नेपाली उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार आज थप ४ जना कोरोना जाति भएर घर फर्किएका हुन् । मन्त्रालयका अनुसार रौतहटका...

यस्ता छन् मंगलबारको मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, ६ कात्तिक-सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रूपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात् झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गरेको छ ।  विभिन्न विकास कार्यक्रममा खर्च गर्ने गरी...

प्रदूषण फैलाउने महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग

विराटनगर । विराटनगरका उद्योगी पारस लोनियाले मोरङको बुढीगंगा गाउँपालिका ३ मा संचालन गरेको महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग राख्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् । उद्योगबाट रसायनयुक्त प्रदूषित पानी खेतीयोग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्