अझै सिल भएन सप्तरीमा कोरोना भेटिएका युवकको गाउँ

 न्यूज विराट
अझै सिल भएन सप्तरीमा कोरोना भेटिएका युवकको गाउँ

सप्तरी, ३१ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैलका १ युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको सुनिए पनि बस्तीमा हालसम्म सेनिटाइजसम्म नगरिएको स्थानीयहरूले गुनासो गरेका छन् ।

बस्तीमा संक्रमित भेटिएसँगै आफूहरू त्रसित भएको अवस्थामा हालसम्म जनप्रतिनिधीले कुनै चासो नदेखाएको भन्दै स्थानीयले गुनासो गरेका हुन् । कोरोना संक्रमित युवा बस्तीमा घुमफिर गर्नुका साथै विभिन्न व्यक्तिहरूसँग उठबस गरेको पाइए पनि स्थानीय प्रशासन तथा जनप्रतिनिधीले वास्ता नगरेको चन्द्रशेखर साहले गुनासो गरे ।

‘विभिन्न सञ्चारमाध्यमहरूमा हाम्रो हटेल गाउँलाई सिल गरिएको समाचारमा आएको छ, तर हामीले बस्तीमा कुनै त्यस्तो अनुभूति गरेका छैनौं’ उनले भने, ‘जसलाई जहाँ घुम्न मल लागेको छ घुमेकै छ । एक पटक मात्र प्रहरीको खाली गाडी गाउँमा आएको हो । सुरक्षाकर्मी पनि कतै छैन।’

संक्रमित व्यक्तिको घर, उठबस गरेको ठाउँसहित टोलमा सेनिटाइज गर्नुपर्नेमा हालसम्म केही नभएको उनले गुनासो गरे । भारतीय सिमावर्ती क्षेत्र तथा अति विकट ठाउँ रहेकोले वास्तविकता बुझ्न बाहिरबाट समेत कोही नआएको गुनासो गर्दै उनले आफूहरूको समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट विराटनगरका ६ सहित ११ जनाको मृत्यु

विराटनगर, ९ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका ६ जनासहित मोरङमा थप ११ जनाको मृत्यु भएको छ । शनिबार राति र आइतबार विहान मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा चार, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा...

लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

काठमडौं, १३ वैशाख-सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो । विश्‍व स्वास्थ्य...

सुनको मूल्यमा झिनो गिरावट

सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । बिहीबार प्रतितोला एक सय रुपैयाँ घटेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बुधबार प्रतितोलामा ९२ हजार १००...

‘खोप नबनेसम्म संसार पहिलेको शैलीमा फर्कन सक्दैन’

एजेन्सी, चैत ३०-अमेरिकी अर्बपति व्यापारी बील गेट्सले कोरोना भाइरस विरुद्धको खोप विकास नभएसम्म संसार पुरानै शैलीमा फर्किन नसक्ने बताएका छन्।उनले डेढ वर्षमा कोरोना भाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने...

भव्य भयो मोर्डन एराको अभिभावक दिवस

विराटनगर । विराटनगर– ३ मा रहेको मोर्डन एरा स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच...

नेकपाको आन्तरिक शक्ति संघर्षले देश अस्थिरता तर्फ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सत्तारुढ नेकपाले देश अस्थिरता तर्फ लैजान खोजेको आरोप लगाएको छ । मंगलबार  राप्रपाका तीनै जना अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत यस्तो संकेत गरेको हो ।  कोभिड-१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट...

परीक्षा मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाको जोड

विराटनगर । यस वर्षको चैत १५ गतेबाट सुरू हुने एसइइको परीक्षा मर्यादित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । एजुकेसन हेल्पलाईनको आयोजना तथा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशको समन्वय ग्लोबल एकेडेमी र मनकामना स्कुलको आयोजनामा विराटनगरमा...

कुबेतमा रहेका नेपालीबारे प्रधानमन्त्रीको चासो, समकक्षीसँग सम्वाद

प्रधानमन्त्री केपी शर्मा ओली कुवेतमा रहेका नेपालका बारेमा चासो व्यक्त गरेका छन् । कुवेतमा रहेका नेपालीको अवस्था बुझ्न प्रधानमन्त्री ओलीले समकक्षीसँग मंगलबार दिउँसो फोन सम्वाद गरेका हुन् । कुवेतका प्रधानमन्त्री सवाह अल खालिद अल सवाहसँग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्