प्रहरीलाई कारबाहीको माग राख्दै पत्रकार आन्दोलित

 न्यूज विराट
प्रहरीलाई कारबाहीको माग राख्दै पत्रकार आन्दोलित

जनकपुर, ३० वैशाख-पत्रकारलाई कुटपिट तथा दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग राख्दै आन्दोलनरत वीरगन्जका पत्रकारले आज पनि सडकमा धर्ना दिँदै प्रदर्शन गरेका छन् । दोषी प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा पत्रकारले घण्टाघर चोकमा १ घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

यसअघि सोमबार पनि घण्टाघरमै पत्रकारले प्रहरी ज्यादतीको विरोधमा आधा घण्टा धर्ना दिएर प्रदर्शन गरेका थिए । मङ्गलबार बिहान १० देखि ११ बजेसम्म घण्टाघर चोकस्थित सडकमै धर्ना दिएका पत्रकारले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर ज्ञापन पत्र पनि बुझाएका छन् । महासंघको पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको नेतस्त्वमा प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । सो ज्ञापनपत्रमा पत्रकारलाई कुटपिट र दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग गरिएको छ ।

वीरगन्जको नारायणी एफएम र नयाँ पत्रिकाका संवाददाता तिवारी यादवलाई प्रहरीले गत आइतबार एफएम स्टेशनबाटै पक्राउ गरेर हातपात पनि गरेको थियो । ४ घण्टासम्म प्रहरी हिरासतमा राखिएका पत्रकार यादवलाई, पत्रकार महासंघको दबाबपछि भने प्रहरीले  रिहा गरेको थियो । घटना भएको ३ दिन बितिसक्दा पनि घटनाको बारेमा छानबिन गरी दोषी प्रहरीलाई कार्वाही नगरेपछि पत्रकार आन्दोलित भएका छन् ।

दोषी प्रहरीलाई कार्वाही गर्न जिल्लाका प्रहरी प्रमुखले कुनै चासो नदेखाएपछि न्यायका लागि बाध्य भएर मङ्गलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको महासंघ पर्साका अध्यक्ष बन्जाराले बताए । ‘३ दिनको अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाएका छौँ’, उनले भने, ‘३ दिनभित्र दोषी प्रहरीलाई निलम्बन गरि विभागीय कारबाही भएन भने अझ सशक्त आन्दोलनमा उत्रिन्छौँ ।’

सम्बन्धित समाचार

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलले जुटाएको १०बुँदे सहमति अनुमोदन गर्ने

नेकपा एमालेको स्थायी कमिटीको बैठक निर्धारित समयमै बस्ने भएको छ । सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यालय सचिव शेरबहादुर...

सिरिया र बंगलादेशका शिविर विनाशकारी बन्न सक्ने चेतावनी

कोरोना भाइरसका कारण संसार आक्रान्त भए पनि मानिसहरूको ध्यान हजारौँको सामूहिक बसोबास भएका शरणार्थी शिविरतिर गएको छैन । जहाँ कोरोना भाइरस फैलिएमा विनाशकारी बन्नेछ । बंगलादेशदेखि सिरियासम्म, एसियादेखि अफ्रिकासम्मका शरणार्थी शिविरमा बस्नेहरूले आधारभूत सुविधासमेत नपाइरहेको...

कोरोना संक्रमणबाट भारतको उत्तर प्रदेशमा मन्त्रीको मृत्यु

एजेन्सी, साउन १८-कोरोना भाइरसको संक्रमणदर निकै उच्च रहेको भारतमा संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । योगी आदित्यनाथको क्याबिनेटमा...

लद्दाख क्षेत्रमा फेरि हलचल

एजेन्सी, असार ११ -भारत-चीनबीचको सीमामा देखिएको तनाव कम हुने स्थिति देखिएको छैन । देपसाङ क्षेत्रमा चिनियाँ सैनिकको हलचल बढेसँगै तनावको स्थिति मत्थर नहुने देखिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चीनको पूर्व लद्दाखको दौलत बेग ओल्डी...

दिल्लीमा फोहोरको थुप्रोमा कोरानाबाट मृत्यु भएकाको शव

एजेन्सी, जेठ ३०-भारतको सर्वोच्च अदालतले कोरोना भाइरसका विरामीको उपचार र शब व्यवस्थापनमा भइरहेको व्यवहारलाई लिएर कडा आदेश जारी गरेको छ । अदालतले दिल्ली सरकारमाथि प्रश्न उठाउँदै भनेको छ, ‘यदि मानिसका शब फोहोरको थुप्रोमा भेटिन थालेका...

सकियो तीन दिने महिला सेल्फ डिफेन्स तालिम, आत्मरक्षाको लागि ठूलो सहयोग पुग्ने

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सम्पनन भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो...

अन्तर कलेज भलबिल प्रतियोगिता सुरु

विराटनगर । जिल्लास्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो । उद्धाटन खेलमा इडनबर्ग कलेज विराटनगर विजयी भएको...

कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै गृह मन्त्रालयको टोली

काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्