कोरोना कोषमा कांग्रेस सांसदको साढे २२ लाख, ३ जनाले दिए १ महिनाको पारिश्रमिक

 न्यूज विराट
कोरोना कोषमा कांग्रेस सांसदको साढे २२ लाख,  ३ जनाले दिए १ महिनाको पारिश्रमिक

काठमाडौं, ३० वैशाख-कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा सङ्घीय  संसदबाट थप २८ लाख ९७ हजार रुपैयाँ जम्मा गरिएको छ ।  यस अघि संसद सचिवालयले   १ करोड १ लाख जम्मा गरेकोमा मंगलबार पुन सांसदहरुको २८ लाख ९७ हजार रुपैयाँ जम्मा गरिएको छ ।

नेपाली कांग्रेसका ६५ जना संघीय सांसदले १५ दिनको पारिश्रमिक बराबर २० लाख ९४ हजार ८ सय ५५ र कांग्रेस सांसद दिलेन्द्र बडुले दिलेन्द्र बडुले र रंगमति शाहीले एक महिनाको तलब बराबर समान ६४ हजार ७० रुपैयाँ जम्मा गरेका छन् ।  यसअघि कांग्रेस केन्द्रिय समितिको तर्फबाट ५० लाख रुपैयाँ रकम प्रदान गरिएको थियो ।

त्यस्तै राष्ट्रिय जनता पार्टीका १८ सांसदले १५ दिनको पारिश्रमिक बराबर ५ लाख ७८ हजार जम्मा गरेका छन् । नेकपा सांसद नारायणकाजी श्रेष्ठले १ महिनाको पारिश्रमिक बराबर ६४ हजार ७० र विन्दा पाण्डेले १५ दिनको पारिश्रमिक बराबर ३२ हजार ३५ पारिश्रमिक उपलब्ध गराएका छन् ।

सम्बन्धित समाचार

नेकपा सचिवालय बैठकमा झलनाथको फरक मत

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै रूपमा पेस गरेको प्रतिवेदन फिर्ता गर्न नहुने धारणा बैठकमा व्यक्त गरेका छन् । बैठक सकिएलगत्तै नेता खनालले दुवै प्रतिवेदन पार्टीको सम्पत्ति...

बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगीद्धारा राष्ट्र बैंक अगाडि धर्ना

विराटनगर । बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगी व्यवयासीहरूले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त...

कोभिड-१९ बाट कुन देश कति प्रभावित ?

बेइजिङ, ७ कात्तिक-जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार- देश सङ्क्रमितको सङ्ख्या विश्व २४३,४३६,१४२ अमेरिका ४५,४२७,५३९ भारत ३४,१७५,४६८ ब्राजिल २१,७२३,५५९ बेलायत ८,७७५,८८९ रूस ८,११२,९९९...

विराटनगरमा ३९ सहित प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

विराटनगर, ९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

भुल्केमा कोरोना संक्रमण अन्त्य : मन्त्री घिमिरे

विराटनगर, २२ जेठ-प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको छ ।  गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उदयपुरमा संक्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के...

गुडिरहेको जिप पहिरोमा पुरियो, १ को मृत्यु, २ जना गम्भीर घाइते

गुल्मी, ७ असार-गुल्मीमा गुडिरहेको जिप पहिरोमा पुरिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका-३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं. को जीप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो...

प्रहरीको हाकिम भन्दै असुली गर्ने विराटनगरबाट पक्राउ

विराटनगर । प्रहरीको हाकिम हुँ भन्दै धम्क्याएर व्यापारीसँग रकम असुली गर्ने गिरोहका एक जना सदस्यीय पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–२ का २९ वर्षीय रविन घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेका घिमिरेले...

इलाम २ मा ३२ हजार १९४ मत गणना हुँदा एमालेका सुहाङ ४६८३ मतले अगाडि

विराटनगर । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्