बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

 न्यूज विराट
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, ३० वैशाख-सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । २ जेठमा संसदमा पेश हुने नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा नीति तथा कार्यक्रमको विषयमा छलफल हुने एक मन्त्रीले बताए । २ जेठमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ । मन्त्रिपरिषद बैठक बस्ने नियमति समय सोमबार हो । सोमबार बैठक नबसेकाले आज बैठक बोलाइएको हो ।

जेठ २ गते संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम निर्धाणरी गरिएको छ । जेठ १५ गते संयुक्त सदनमै बजेट पेस गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

त्रिवि व्यवस्थापन संकाय स्नातक तह प्रवेश परीक्षाको नतिजा प्रकाशित

काठमाडौं, १७ माघ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय स्नातक तह प्रवेश परीक्षाको आइतबार प्रकाशित भएको छ । बीबीए, बीआईएम, बीटीटीएम, बीएचएम, बीएमएस, बीपीए र बीबीए–एफ कार्यक्रमका लागि यही माघ ८ गते भएको प्रवेश परीक्षाको नतिजा...

सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन्...

प्रथम अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरु, एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा

विराटनगर । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर...

देशभर थप ९७९ जनामा कोरोना पुष्टि

काठमाडौं, २२ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा’ कोषमा सिभिल बैंकको ५ लाख

विराटनगर, चैत २३-विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले लिमिटेडले ५ लाख रुपैयाँ योगदान गरेको छ । सिभिल बैंक प्रदेश...

सेल्फी रोडमा उम्रियो बाक्लो झार, वडा कार्यालयको छैन चासो

विराटनगर । विराटनगर–३ स्थित सेल्फी रोड निकै तामझामका साथ बनाइयो । जति चर्चा हुनुपर्ने हो, यो रोडको त्यो भन्दा निकै चर्चा चलाइयो । तर, सेल्फी रोड बनेको केही वर्षमा उत्त सडकमा बाक्लो झार उम्रिएको छ...

भएपछि स्थानिय त्रसित विराटनगरमा इन्धन ट्यांकर बिष्फोट

विराटनगर, १२ भदौ-नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार सँझ बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो...

पर्यटक आकर्षित गर्न ‘फेमिली’ होटल सञ्चालनमा

विराटनगर, माघ २८–नेपाल भ्रमण वर्ष–२०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यसहित विराटनगर सीमाक्षेत्रमा ‘फेमिली’ होटल सञ्चालनमा ल्याइएको छ । युवा नेता मोहम्मद फैयाजले पाकिजा होटल एण्ड फास्ट फुड सञ्चालनमा ल्याएका हुन् । होटलको प्रदेश–१ का सांसद जयराम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्