उदयपुरको भुल्केमा एकै परिवारका ५ कोरोना संक्रमित

 न्यूज विराट
उदयपुरको भुल्केमा एकै परिवारका ५ कोरोना संक्रमित

उदयपुर, ३० वैशाख-नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो चरणमा नै २८ जना कोरोना सङ्क्रमित देखिएको भुल्केमा एउटै घरका ६८ वर्षीया हजुरआमा, १८ वर्षीया नातिनी र ३८ वर्षीय ज्वाइँ कोरोना सङ्क्रमित भएका थिए । गत शनिबार थप ४ जनामा पुनः कोरोना सङ्क्रमण देखिएपछि ती चारमध्ये २ जना एउटै घरका ४५ वर्षीय श्रीमान् र ४३ वर्षीया श्रीमती रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

अहिलेसम्ममा नेपालकै सबैभन्दा बढी ३२ जनामा कोरोना सङ्क्रमण देखिएको भुल्केको ५५ घर मुस्लिम परिवारमध्ये २/३ घरका सङ्क्रमित एउटै घरका रहेको कार्यालयले बताएको छ । हालसम्ममा भुल्केमा ३२ सङ्क्रमितमध्ये ६ भारतीय जमाती, ८ भुल्केका स्थानीय नागरिक गरेर १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । बाँकी २२ जनाको कोसी अस्पताल कोरोना उपचार केन्द्र विराटनगरमा उपचार भइरहेको छ ।

मुस्लिम परिवार र ३ सय घर अन्य समुदाय रहेको भुल्केमा अहिलेसम्म ५५ मुस्लिम घरबाहेक अन्य समुदायमा भने कोरोना सङ्क्रमण पुष्टि नभएको कार्यालयले जनाएको छ । रासस 

सम्बन्धित समाचार

अल्पमतको सत्तापक्ष, बहुमतको प्रतिपक्ष

काठमाडौं, साउन २ । सर्वाेच्च अदालतले संबिधान नै अपत्यक्ष रुपमा संशोधन गरी परमादेश धारा थप गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा परेको छ । प्रतिनिधिसभामा समेत अर्काे दलको सांसदलाई आधार बनाएर अल्पमतमा...

कर्मचारीलाई खाजा भत्ता दिने कोशी प्रदेश सरकाको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले आइतबार यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई दैनिक दुई...

उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन, विपदमा परी मृत्यु भए २ लाख राहत

काठमाडौं, ७ साउन-सरकारले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गरेको छ । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड-२०६४ लाई संशोधन गरी विपद् पीडित उद्धार र राहतसबन्धी मापदण्ड २०७७ स्वीकृत...

मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सम्झौता

विराटनगर, ८ मंसिर–प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप...

मृतकको शान्तिको कामना गर्दै मोरङ कारागारमा दीप प्रज्वलन

विराटनगर । कार्तिक १७ गते राती जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भुकम्पबाट ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै मोरङ कारागारमा दीप प्रज्वलन गरिएको छ । आज साझ विराटनगरस्थित मोरङ कारागारमा कैदीबन्दीहरुले मृतकको चिरशान्तिको कामना...

भारतमा नयाँ संक्रमित घटे, ज्यान गुमाउने बढे

एजेन्सी, ३ माघ । भारतमा बितेकाे २४ घण्टामा २ लाख ५८ हजार ८९ जना काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे संख्या अघिल्लाे दिनकाे तुलनामा १३ हजार ११३ ले कम हाे ।...

प्रिमियर लिगमा चेल्सीको प्रभावशाली विजयी सुरुवात

एजेन्सी, ३० भदौ-इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले प्रभावशाली जीत सहित नयाँ सिजनको सुरुवात गरेको छ । गएराति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो । पहिलो हाफमा एक गोल...

विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी, २ असोज-विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्