चितवनबाट पैदलै सप्तरी पुगेका थिए संक्रमित युवक

 न्यूज विराट
चितवनबाट पैदलै सप्तरी पुगेका थिए संक्रमित युवक

राजविराज, २९ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको हाे ।

डाक्नेश्वरी नगरपालिकाका–३ का वडाध्यक्ष प्रदीप साहका अनुसार ती युवा चितवनमा काम गर्थे । लकडाउन भएपछि उनीसँगै करिब १५ देखि १७ जनाको समूहमा पैदल हिँडेर राजमार्ग हुँदै सप्तरी आएका थिए । उनी सप्तरी आएको २० दिन भएको थियो ।

‘नगरपालिकामा आउनेबित्तिकै ती सबै युवालाई डाक्नेश्वरी नगरपालिकाको एउटा विद्यालयमा संचालित क्वारेनटाइनमा राखेका थियौं,’ साहले भने, ‘त्यसपछि सबै जनाको आरडीटी टेस्ट गरेका थियौं ।’ टेस्टमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । साह भन्छन्, ‘तर, पनि हामीले क्वारेनटाइनमा बसेका ६ जनाको स्वाब संकलन समेत गराएका थियौं ।’

साहले थपे, ‘तर रिपोर्ट आउन समय लागेको कारण आईतबार ती व्यक्तिलाई क्वारेन्टाइनबाट घर फर्काइएको थियो । उनी घर फर्केपछि आफ्नो घर परिवारका सदस्यहरूसहित विभिन्न मानिसहरूको सम्पर्कमा आएका रहेछन् ।’ त्यो नै सबै भन्दा बढी खतराको बिषय बनेको उनले बताए । सोमबार अपराह्न उनी प्रहरीको सम्पर्कमा आएका थिए । उनलाई एम्बुलेन्समा राखेर गजेन्द्रनारायण अस्पताल राजविराज लैजाने तयारी भइरहेको छ । उनका परिवारका सदस्यहरूलाई पनि आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै जसपा सडकमा

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) मोरङले विराटनगरमा विरोध जनाएको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण...

पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी

काठमाडौं, ११ असार-कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भइरहेको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने...

आयल निगमले सुरु गर्यो अनलाइन सेवा

काठमाडौं, साउन ६ । नेपाल आयल निगमले अनलाइन प्रणालीबाट सेवा सुरु गरेको छ । निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गरेर आफ्ना सेवा अनलाइनबाट दिन सुरु गरेको हो । करिब तीन महिनाको परीक्षणपछि सोमबारदेखि पूर्ण...

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं, २६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित...

सरकारले भन्यो विद्यार्थी भर्ना नगर्नू, शुल्क पनि नलिनु

कठमाडौं, २२ वैशाख-सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको छ । ‘हाल...

पत्रकार निरौलालाइ सिर्जनशिल, सरदारलाई उदीयमान पुरस्कार

विराटनगर । पत्रकार कल्याण कोष मोरङले यस बर्षको सिर्जनशिल र उदीयमान पत्रकारीता पुरस्कार पाउने पत्रकार छनौट गरेको छ । हरेक दुइ बर्षमा प्रदान गरिदै आएको सिर्जनशिल पत्रकारिता पुरस्कार उदघोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली...

निगमले किन्ने पेट्रोल र डिजेलको खरिद मूल्य घट्यो

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य सूची घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट नेपाल आयल निगमलाई मूल्य घटाएर पठाइएको हो । शनिबार आएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५...

चीनको चाङ्ग–अ फाइभ अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण

एजेन्सी, १७ मंसिर-अन्तरिक्ष अभियानमा सफलता हात पार्दै गएको चीनले अर्को यानलाई सफलतापूर्वक अवतरण गराएको छ । चीनको रोबोटिक चाङ्ग–अ फाइभ अभियान अन्तर्गत गएराति सो यान चन्द्रमाको सतहमा अवतरण गराउन सफल भएको हो । चीनको यो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्