संक्रमित बढ्दै गएपछि कपिलवस्तुलाई सिल गरियो

 न्यूज विराट
संक्रमित बढ्दै गएपछि कपिलवस्तुलाई सिल गरियो

बुटवल, २९ वैशाख-कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना नियन्त्रण एवं परीक्षणलाई प्रभावकारी बनाउन ५ जेठसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

आज साँझ ५ बजे ५ गते मध्यरात १२ बजेसम्मका लागि जिल्लालाई पूर्ण रूपमा सिल गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।

कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमित व्यक्ति भेटिइसकेका छन् । आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइनमा रहेका २ जनामा काेराेना संक्रमण भेटिएकाे हाे ।

यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए । कपिलवस्तुको भारतीय सीमातर्फ आइबारसम्ममा १९ सयभन्दा बढी व्यक्ति अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनको भनाइ छ । रुपन्देहीको बेलहिया नाकासमेत १ हजारभन्दा बढी नेपाली दशगजा क्षेत्रमा आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

सम्बन्धित समाचार

हिंसात्मक प्रदर्शन रोक्न इन्डोनेसियामा सयौं सुरक्षाकर्मी परिचालन

इन्डोनेसियाले पश्चिमी प्रान्तमा फैलिएको हिंसात्मक प्रदर्शन रोक्न सयौं सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्रा्ष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । पश्चिमी पापुरालाई दुइ भागमा विभाजन गरेको विरोधमा स्थानीयले...

हवाई उडान र अन्तर्राष्ट्रिय नाका जेठ मसान्तसम्म बन्द

काठमाडौं, ७ जेठ-आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त अर्थात् १४ जुनसम्म उडान बन्द गर्ने निर्णय गरेको हो...

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा ‘हेल्प डेस्क’ सञ्चालन

विराटनगर, १८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । विराटनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा उद्यमीहरुको सहयोगका लागि महासंघ मोरङले हेल्प डेस्क स्थापना गरेको हो । मोरङका...

सरकारले सञ्चारमाध्यमको नवीरण शुल्कमा छुट दिने

काठमाडौं, १ साउन-सरकारले सञ्चारमाध्यमको नवीरण शूल्कमा छुट दिने निर्णय गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चारमाध्यमको नवीरण शूल्कमा छुट दिने निर्णय पनि भएको बताए । मन्त्रिपरिषद्का निर्णय...

कर्णाली प्रदेशका २ जनामा कोरोना आशंका

सर्खेत, १० जेठ-कर्णाली प्रदेशका २ जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । ‘आरडीटी गर्दा...

डब्लूएचओको चेतावनी : ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

न्युयोर्क, मंसिर २९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम...

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि...

भारतमा अघिल्लाे दिनकाे तुलनामा संक्रमित घटे, ४३९ जनाकाे मृत्यु

एजेन्सी, १० माघ । भारतमा ३ लाख ६ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन् । २४ घण्टाकाे अवधिमा ३ लाख ६ हजार ६४ जना काेराेना संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले साेमबार जानकारी दिएकाे छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्