भारतीय दूतावास घेराउ गर्न पुगेका राप्रपासम्वद्ध युवा पक्राउ

 न्यूज विराट
भारतीय दूतावास घेराउ गर्न पुगेका राप्रपासम्वद्ध युवा पक्राउ

काठमाडौं, २९ वैशाख-राप्रपासम्वद्ध युवा विद्यार्थीले नेपाली भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरेको भन्दै आज विरोध प्रदर्शन गरेको छ । लैनचौरस्थित भारतीय दूतावासबाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

भारतले नेपाली भूमिबाट सडक निर्माण गरेको भन्दै भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गर्दा युवा/ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको राप्रपा नेता राजाराम बर्तौंलाले जानकारी दिए ।

उनीहरूले लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो, भारतीय सेना फिर्ता जाऊ, नेपाली भूमि मिच्न पाइँदैन, भारतीय विस्तारवाद मुर्दावाद, विदेशी हस्तक्षेप मुर्दावादलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

प्रहरीले उनीहरूलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखेको छ । पक्राउ पर्नेमा राप्रपा नेतृ कुन्तीकुमारी शाही, सरस्वती लामा, प्रकाश रिमाल, महेश सिंह, मणि सिंखडा, कैलास कटुवाल, शशी भण्डारी, निराजन बम, जगदीश राजभण्डारी, जनक फडेरा, सन्तोषी शाही, हिक्मत कार्की, गुणराज राजभण्डारी, अभिषेक अधिकारी र विशाल राउत लगायका विद्यार्थी तथा युवाहरू रहेको नेता बर्तौंलाले जानकारी दिए ।

ट्विट गर्दै राप्रपा अध्यक्ष कमल थापाले पक्राउ गरिएकालाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘नेपाली भूमि अतिक्रमणको विरुद्धमा राप्रपाआवद्ध भ्रातृ संगठनहरूले गरेको प्रदर्शनमा प्रक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस्,’ अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षाका लागि राप्रपा सदैव प्रतिवद्ध रहनेछ।’

सम्बन्धित समाचार

विदेशमा रहेका चन्द्रागिरीबासीको लगत संकलन 

काठमाडौं, १७ जेठ-चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत संकलन कार्य सुरू गरेको छ । काठमाडौं उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना संक्रमण फैलन...

मिसेस कोशीको पहिलो अडिसन सकियो, १५ जनाको सहभागि

विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा भएको छ । शनिबार भएको पहिलो अडिसनमा १५ जना महिलाहरुको सहभागि भएको छ । पहिलो अडिसनको निर्णायकहरूमा जय मिडिया...

मुख्यमन्त्री राई र युरोपनियन युनियनका राजदुत कोडीबीच भेटवार्ता

विराटनगर, फागुन ३०–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् ।...

२४ घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि, १२४ डिस्चार्ज

काठमाडौं, ३१ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

एचआईभी रोकथाम र नियन्त्रणमा जोड

विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन...

एमालेले गर्यो पूर्व सांसद साम्सोहाङलाई निलम्बन

विराटनगर — नेकपा एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा उत्पन्न विवादका कारण दुई नेतालाई निलम्बन गरेको छ। निलम्बनमा पूर्व सांसद एवं जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ र प्रदेश पर्यटन विभागका सचिव मणिशंकर...

विराटनगरमा सुजुकीको नयाँ बिक्री केन्द्र अमाही मार्ट संचालनमा

विराटनगर । विराटनगरमा सुजुकीको बिक्री केन्द्र अमाही मार्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । सुजुकी टु ह्वीलर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स मार्फत अमाही मार्टले विराटनगर महानगरपालिका– ५ मुनाल पथमा आइतबारदेखि औपचारिक रुपमा बिक्री केन्द्र सञ्चालनमा...

आजदेखि सर्वोच्चमा गोलाप्रथाबाट इजलास तोकिँदै

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतको इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल आजदेखि तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् । आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोलाप्रथा प्रक्रियाको माग गरी सर्वोच्चका न्यायाधीशहरु एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्