सेनाको हेलिकाेप्टर लिएर सशस्त्र प्रहरी कालापानी जाँदै

 न्यूज विराट
सेनाको हेलिकाेप्टर लिएर सशस्त्र प्रहरी कालापानी जाँदै

काठमाडौं, २९ वैशाख-दार्चुलाको कालापानी सीमाक्षेत्रमा सशस्त्र प्रहरीको टोली जाने भएको छ । दार्चुलाको व्यास गाउँपालिका– १, छाङ्गरुमा सशस्त्रको आउट बोर्डर पोस्ट (बीओपी) राख्ने गरेर सशस्त्र प्रहरीको टोली बुधबारसम्ममा कालापानी सीमा सुरक्षाका लागि जान लागेको हो ।

भारतले उत्तराखण्ड पिथौरागढ जिल्लाको गर्वाधारहुँदै चीनको मानसरोवर जाने सडकको उद्घाटन गरेपछि सशस्त्रको आउट बोर्डर पोस्ट तत्काल सीमाक्षेत्रतर्फ जान लागेको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ ।

देशको सीमा सुरक्षाको जिम्मा सरकारले हाल सशस्त्र प्रहरी बललाई दिएको छ । भारतले नेपालको सीमा कालापानी क्षेत्रबाट समेत बाटो लिएपछि नेपाल सरकारले उक्त सडकखण्डको विरोध गरेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले उत्तराखण्ड पिथौरागढ जिल्लाको गर्वाधारहुँदै चीनको मानसरोवर जाने सडकको शुक्रबार उद्घाटन गरेका थिए । शनिबार विज्ञप्ति जारी गर्दै नेपाली भूमि मिचेर सडक बनाएकाेमा विराेध गरेको हो ।

कालापानी भौगोलिक हिसाबले विकट भएका कारण नेपाली सेनाको हेलिकोप्टरमार्फत बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली बुधबारसम्म छाङ्गरु पुग्ने सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले बताएकाे छ ।

‘सशस्त्र प्रहरीले यसअघि नै बीओपी पोस्ट राख्ने तयारी गरेको थियो । तर, अहिले भारतले सडक नै निर्माण गरेपछि तत्तकालै जानुपर्ने अवस्था आएको हो,’ सशस्त्र प्रहरी स्रोतले भने ।

सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म दार्चुलाबाट सुरक्षाकर्मीको टोली कालापानी क्षेत्र जान लागेको हो । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा हरेक बीओपीमा ३५ जना सुरक्षाकर्मीकाे टाेली खटिँदै आएको छ ।

कालापानी सीमा सुरक्षाका लागि पनि प्रहरी निरीक्षकको नेतृत्वमा तत्काल ३५ जना नै पठाउने तयारी भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका प्रमुख सशस्त्र प्रहरी बलका डीएसपी डम्बरबहादुर विष्टले बताए ।

सम्बन्धित समाचार

मोरङको कानेपोखरीमा डुबेर एक बालिकाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका कानेपोखरी गाउँपालिका – ६ की उषा मगरको घरमा बस्दै आएकी ८ वर्षीय बालिका तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर मृत्यु भएको...

रोटरीद्धारा विद्यार्थीलाई छाता बितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरूलाई छाता बितरण गरेको छ । विराटनगर– ४ खारजीमा रहेको श्री ज्योती आधरभूत विद्यालयमा अध्ययरत १ सय ५० जना विद्यार्थीहरूलाई बिहीबार छाता वितरण गरेको हो । विद्यार्थीहरूलाई रोटरी...

आजदेखि सरकार खर्चबिहीन

काठमाडौं, ३१ भदौ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूको गैर-जिम्मेवारीता र सुझ-बुझको अभावमा आज (बिहीबार)देखि सरकार खर्चबिहीन भएको छ । संघिधानको धारा ११८ ले दिएको सीमित क्षेत्रबाहेक कुनै पनि खर्च गर्न रोक लागेको छ ।...

काठमाडौं भित्रिने र छाड्ने घटे

काठमाडौं, १४ कात्तिक-कोभिड-१९ महामारीको त्रासका कारण यसपालिको दसैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रूपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या लाखौँलाख हुन्थ्यो । यसपालि भने केही लाखले मात्रै...

तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो...

विराटनगरको आरोहण गुरुकुलमा नाटक ‘सन्ध्या’ मञ्चन हुँदै

विराटनगर, ८ माघ । आरोहण गुरुकुल विराटनगरमा भोलिदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका...

नेपालमा थप १३८८ जनामा कोरोना पुष्टि, २२६० जना डिस्चार्ज

काठमाडौं, १३ भदौ । नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

दमक–लखनपुरको पोल्टामा मिल्स भेट्रान्सको उपाधि

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा दमकको दमक–लखनपुर भेट्रान्स क्लबले जितेको छ ।विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा दमकले टाइब्रेकरमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्