दमक–लखनपुरको पोल्टामा मिल्स भेट्रान्सको उपाधि

 न्यूज विराट
दमक–लखनपुरको पोल्टामा मिल्स भेट्रान्सको उपाधि

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा दमकको दमक–लखनपुर भेट्रान्स क्लबले जितेको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा दमकले टाइब्रेकरमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स क्लबलाई ४–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।

एक गोलकाविरुद्ध दुई गोलले अगाडि रहेको दमकले अन्तिम ३० सेकेण्ड आफूलाई समाल्न नसक्दा जितका लागि टाइब्रेकरको सामना गर्नु परेको थियो ।
दमकका देउमान लिम्बू, विशाल राई, पुष्कर धिमाल र सुवाश आङ्थुपोले गोल गरे भने एलबी आलेको प्रहारलाई गोलरक्षकले बचाउ गरे । विराटनगरका सुरेन्द्र तामाङ, अंकुर खड्गी, सुरज श्रेष्ठले गोल गरे भने नवीन्द्र लिम्बूको प्रहारलाई गोलरक्षले विफल पारेका थिए । अन्तिममा प्रहार गरेका लाक्पा लामाको प्रहार सिधा पोष्टमाथिबाट बाहिरिएको थियो ।
खेलको ४९ औं मिनेटमा दमकका देउमान लिम्बूले पाएको क्रसपासमा हेडिङमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै ५० औं मिनेटमा विराटनगरका सुरेन्द्र तामाङ बक्स अगाडिबाट गरेको प्रहार सिधा जाली चुमाउँदै खेल बराबरीमा ल्याए ।
५८ औं मिनेटमा दमकका सुवास आङ्थुपोले सेन्टरबाट ट्याक्ल अघि बढाएको बल वान भर्सेस वानको स्थिति बनाएर गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेल सकिन ३० सेकेण्ड बाँकी छँदा विराटनगरका सुरज श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको म्यान अफ द म्याच दमकका गोलरक्षक सुनील तामाङ भए । सर्वाधिक गोलकर्ता विराटनगरका सुरज श्रेष्ठ र उत्कृष्ट खेलाडी सुवाश आङ्थुपो भए । प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रूपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रूपैयाँका साथै ट्रफी प्राप्त गरे । व्यक्तिगततर्फ २ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।


फाइनल खेलका अवसरमा पूर्व खेलाडी ललित थापा, गोर्वद्धन आले, गम्भीर लामा र अन्नतराज थापालाई सम्मान गरियो ।
खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, उद्योगी तथा समाजसेवी अरुण राठी, वडाध्यक्ष उद्धव भुजेल, किशोर शाही, खेल संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरे ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College