भारतले सडक निर्माण गरेपछि कालापानी क्षेत्रमा बिओपी स्थापनाको तयारी

 न्यूज विराट
भारतले सडक निर्माण गरेपछि कालापानी क्षेत्रमा बिओपी स्थापनाको तयारी

दार्चुला, २८ वैशाख-दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो ।

भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो ।

बुधबार व्यासको छाङ्गरुमा बिओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले जानकारी दिए । ‘गागामा सशस्त्र प्रहरी पठाएर बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ’ उनले भने ।

बुधबारसम्म हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी पठाउने तयारी छ । अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने तयारी भएको विष्टको भनाइ छ ।

सशस्त्र प्रहरी पठाउनुपर्छ भन्दै पटकपटक जिल्लाबाट रिपोर्टिङ हुँदै आएको थियो । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन् । स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीलाई दिइसकेको छ । बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो ।

सशस्त्र प्रहरीको हेडक्वार्टरमार्फत् गृहमा व्यासमा सशस्त्र प्रहरी पठाउने स्वीकृतका लागि पत्र गइसकेको सुरक्षा अधिकारीले जनाएका छन् । भारतले नेपाली भूमि भएर सडक निर्माणपछि सीमामा राज्यको उपस्थिति गराउनुपर्ने दबाब परेको थियो । अहिले नै भवन निर्माण गर्न सकिने अवस्था नभए पनि घर भाडामा लिएर सशस्त्र प्रहरी राख्ने तयारी भएको हो ।

अहिले हिमपात पनि कम हुँदै गएका कारण सशस्त्र प्रहरी बस्न सक्ने अवस्था रहेको विष्टको भनाइ छ । यसअघि व्यासको तिङ्करको छायालेक र छागङ्रुको सीतापुलमा रहँदै आएका नेपाल प्रहरीका दुवै युनिट अहिले व्यास गाउँपालिका–२ को दुम्लिङ झरेको छ ।

प्रहरी पनि सशस्त्रसँगसँगै व्यास पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार टोली तयारी अवस्थामा छ, हेलिकप्टर वा कुञ्चासँगै पठाउने भन्ने विषयमा छलफल भइरहेको छ । प्रजिअ यदुनाथ पौडेलले दुवै सुरक्षा निकायका एकसाथै पठाउँदा ठूलो टोली हुने हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । रासस

सम्बन्धित समाचार

ताजा जनादेशमा जानु बाध्यकारी विकल्प हो : विष्णु पौडेल

उपप्रधानमन्त्री विष्णु पौडेलले ताजा जनादेशमा जानु बाध्यकारी विकल्प भएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरेको र संसदले नयाँ सरकार गठन गर्न नसकेकाले प्रतिनिधिसभा विघटन गरी बाध्यकारी विकल्पको रूपमा ताजा जनादेशमा...

विराटनगर–८ मा एमालेका राम पोखरेलको प्यानलै निर्वाचित

विराटनगर, ६ जेठ । विराटनगर–८ को मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा नेकपा एमालेका राम पोखरेल वडाध्यक्षमा निर्वाचित भएका छन् । उनीसहित उनका टिमका सवै निर्वाचित भएका हुन् । यसअघि नेपाली कांग्रेसले प्यानलै जितेको वडा नं....

एमाले एकता बचाउन फेरि छलफलमा जुटे कार्यदलका नेता, यस्तो छ १० बुँदेअनुसार अघि बढने गृहकार्य

काठमाडौं, साउन २ । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको पहल जारी राखेका छन् । एमाले स्थायी कमिटीले धन्यवादसहित १० बुँदे सहमति अनुमोदन गरी कार्यदल बिघटन गरेपछि उत्साहित बनेका कार्यदलका सदस्यहरु फेरि एकजुट बनेका हुन ।...

नेकपा फुटाउन देशी–विदेशी शक्ति सक्रिय : प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल र बहसबाटै पार्टी एकतालाई थप सृदृढ बनाउन सकिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७१औं वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै दाहालले यस्तो बताएका...

गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा २ सय ३३ कैदीको सजाय मिनाहा

काठमाडौं, १५ जेठ-गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ जना कैदीको बाँकी कैद सजाय माफी मिनाहा दिएकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर औसजाय निर्धारण तथा कार्यान्वयनओ ऐन २०७४...

हिमालय दर्शन कलजेमा दशैंमा सांगीतिक कार्यक्रम

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा दशैंको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ ।कलेज परिसरमा विद्यार्थीहरुले मंगलबार सांगीतिक कार्यक्रम आयोजना गरेको हो । सांगीतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गायन प्रस्तुत गरी रमाइलो प्रदान गरेका...

वीरगञ्जमा २ चिकित्सकसहित ४४ जनामा कोरोना संक्रमण

वीरगञ्ज, साउन १६-वीरगञ्जमा २ चिकित्सकसहित थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा गएराति परीक्षण गर्दा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना पोजिटिभ देखिएको हो । नारायणी अस्पततालका प्रमुख मेडिकल...

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू

विराटनगर, २५ जेठ-प्रदेश १ को नीति कार्यक्रममाथि छलफल सुरू भएको छ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/७८को नीति कार्यक्रम माथि आज देखि छलफल सुरू भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्