भारततर्फ लाँदै गरेको ६० लिटर अवैध घरेलु मदिरा बरामद

 न्यूज विराट
भारततर्फ लाँदै गरेको ६० लिटर अवैध घरेलु मदिरा बरामद

सप्तरी , बैशाख २८–सप्तरीमा पछिल्लो समय अवैध घरेलु मदिरा भारत तर्फ तस्करी हुने गरेको पाइएको छ । सप्तरीका विभिन्न सीमा नाकामा बन्दाबन्दीको मौका छोपी अवैध मदिरा भारत तर्फ ओसार पसार गर्ने गरेको पाइएको हो ।

सप्तरीको छिन्नमस्ता नाकामा मोटरसाईकलमा बोकेर भारततर्फ लैजाँदै गरेको अवैध घरेलु मदिरा, डिजेल र एउटा मोटरसाइकल नियन्त्रणमा लिएपछी यस्तो खुलासा भएको हो । इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलिले नेपालबाट अवैध रुपमा भारत तर्फ लैजाँदै गरेको ५० लिटर अवैध घरेलु मदिरा, ६० लिटर डिजेल र को.३८ प ८७७५ नं. को मोटरसाइकल समेत नियन्त्रणमा लिएको हो ।

गस्तिमा रहेको प्रहरी टोलिलाई तस्करहरुले देखेपछी डिजेल, मदिरा र मोटरसाइकल छाडेर फरार भएको इलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज कल्याण आले मगरले जानकारि दिए । उनले बरामद गरिएको अवैध मदिरा ,डिजल र मोटरसाइकल आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठिमा बुझाइएको र फरार व्यक्तिहरुको खोजतलास जारी रहेको बताए ।

सम्बन्धित समाचार

बेथिति रोक्न सामान्य प्रशासन मन्त्री अमनलाल मोदी एक्सनमा

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी प्रशासनभित्र सुधार गर्नका लागि थप कदम चालेको छ । सिनियर कर्मचारीलाई भन्दा आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी प्रशासनभित्र विकृति देखिएको ठहर गर्दै...

विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ सुरु,

विराटनगर, ३१ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ विराटनरमा सुरु भएको छ । महिला शसक्तिकरण र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन प्रत्येक वर्ष आयोजना हुँदै आएको रोटरी ट्रेड...

फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

एजेन्सी, असार १-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सो घोषणाअनुसार सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुला हुनेछन् भने अन्य युरोपेली राष्ट्रको...

हाड जोर्नीको उपचारमा आर्या न्यूरो अब्बल, जोर्नी प्रत्यारोपण देखि हाड जोड्नेसम्मको उपचार

विराटनगर । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा...

रुसमा संक्रमितको संख्या करिब साढे ४ लाख, विश्वमा ६७ लाख १४ हजार

मस्को, जेठ २३–रुसमा कोरोना संक्रमितको संख्या करिब साढे ४ लाख पुगेको छ । शुक्रबार दिउँसो सम्ममा रुसमा कोरोना संक्रमितको संख्या ४ लाख ४९ हजार ८ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा रुसमा...

प्रदेश प्रमुखद्धारा कोशी प्रदेशमा सरकार गठनको आव्हान, असार २१ गतेसम्म समय

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । आइतबार साझ उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान...

विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ, आज ३ बजे सार्वजानिक गर्दै प्रहरी

विराटनगर । सुनसरीको धरानको सडकखण्डमा विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चौधरीको हत्या आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोसहित पक्राउ...

सत्तारुढ गठबन्धन र जसपालाई  एक्लै चुनौती दिने को हुन् ‘जोगी’ ?

विराटनगर । जीवन विकास संस्थाका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल ‘जोगी’ मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यीय पदमा उम्मेदवारी दिएर अहिले चुनावी अभियानमा होमिएका छन् । उनले स्वतन्त्रबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्