नारायणी एफएममा कार्यरत पत्रकार तिवारी पक्राउ

 न्यूज विराट
नारायणी एफएममा कार्यरत पत्रकार तिवारी पक्राउ

जनकपुर, २८ वैशाख-रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ । वीरगञ्जको लिंकरोडस्थित एफएम स्टेसनकै प्रवेशद्वारबाट आज दिउँसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

एफएम स्टेसनको प्रवेशद्वार छेउकै सडकपेटीमा पत्रकार यादवले मोटरसाइकल पार्किङ गरेर राखेका थिए । २ वटा प्रहरी भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल राखेकै निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शी एफएमका प्राविधिक प्रमुख दीपेन्द्र साहले जानकारी दिए ।

साहले भने, ‘प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने, तिवारी यादवले गाली नगर्नुहोस्, हामी हटाइहाल्छौँ भन्नेवित्तिकै एक जना प्रहरीले लछारपछार गर्दै यादवलाई गाडीमा हालेर लगे ।’

प्रहरी भ्यानमा हालेपछि प्रहरीले यादवको मोबाइल पनि खोसेर राखेको साहले बताए । एफएम स्टेसनकै गेटबाट पक्राउ गरेर उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

पत्रकार यादवलाई प्रहरीले पक्रेर लगेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका सञ्चारकर्मीलाई समेत यादवसँग भेट गर्न दिइएको छैन । प्रहरी कार्यालयको मूल गेट रहेका पत्रकारहरूले प्रहरीको ज्यादती बढेको बताए ।

पत्रकार यादव पक्राउ परेको घटनाबारे बुझ्न पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तलाई फोन गर्दा उनले भनिन्, ‘डीआइजीसा’ब आउनुभा’छ, म त्यसैमा अहिले व्यस्त छु, पछि कुरा गरौँला ।’

सम्बन्धित समाचार

कांग्रेस मोरङले सुरु गर्यो कोरोना भाइरसबारे सचेतना अभियान

विराटनगर, चैत १०–नेपाली कांग्रेस मोरङले कोराना भाइरसबारे सचेतना अभियान सुरू गरेको छ । कांग्रेसको विभिन्न तहबाट आएको सुझावका आधारमा मोरङ कांग्रेसले सचेतना अभियान सुरू गरेको हो । मोरङ काग्रेसका सभापति डिगबहादुर लिम्बूका अनुसार प्रचारप्रसारलाई व्यापक...

मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगस्थित मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरु भएको छ । कलेज परिसरमा सोमबारदेखि स्पोर्ट्स मिट सुरु भएको हो । एक हप्तासम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन खेलहरु रहेको मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले...

मुख्यमन्त्री राईले दिए बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना

विराटनगर, जेठ १२ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज...

उत्कृष्ट विद्यार्थीलाई अर्किड कलेजको सम्मान (फोटो फिचर)

विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले बिद्यार्थीलाई सम्मान गरेको छ । कलजे परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी हिसान स्पोट्र्स मिटमा बिजेता हुने बिद्यार्थी र कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाइ सम्मान गरेको हो...

अमेरिकी पूर्वरक्षामन्त्रीले भने : ट्रम्प विभाजन चाहन्छन्, उनीबाहेक हामी एक होऔँ

एजेन्सी, जेठ २२-अमेरिकाका पूर्वरक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउसनजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच ‘झुटाे द्वन्द्व’ सिर्जना गर्ने किसिमको बताएका छन् । सिरियाबाट अमेरिकी सेना...

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

काठमाडौं, १७ भदौ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् ।  अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर...

विश्वध्वजासहित ३ वटै लिङ्गो उठेन

भक्तपुर, ३० चैत-बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा...

प्रदेश १ को बजेट ४२ अर्ब २० करोडको (हेर्नोस् पूर्णपाठ )

  बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् । चालु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्