सवारीका लागि टाइम कार्ड : कुन सवारी कति बेला ?

 न्यूज विराट
सवारीका लागि टाइम कार्ड : कुन सवारी कति बेला ?

काठमाडाैं, २८ वैशाख-आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । सरकारले अत्यावश्यक कामका लागि सवारी चल्न दिने निर्णय गरेसँगै आइतबारबाट सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको हो । सरकारी तथा वित्तीय क्षेत्र सञ्चालन गर्न दिने निर्णय भएपछि सवारीलाई व्यवस्थापन गर्न ‘टाइम कार्ड’ प्रणाली लागू गरिएकाे जानकारी गराइएकाे छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले सरकारी सेवा, बैंक तथा वित्तीय क्षेत्र, निर्माण क्षेत्र अत्यावश्यक सामान बोक्ने सवारी व्यवस्थापनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू भएको बताए ।

ढकालका अनुसार सरकारी कार्यालयका सवारी बिहान ९ देखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र साँझ ५ देखि ६ बजेसम्म फर्किइसक्नुपर्नेछ ।

यस्तै, बैंक तथा वित्तीय संस्थामा काम गर्नेहरू दिउँसो ३ देखि ५ बजेसम्म घर फर्किइसक्नुपर्ने र अन्य अत्यावश्यकीय सामान ढुवानी गर्ने सवारीहरूले बिहान १० बजेभित्र गरिसक्नुपर्ने नियम लागू भएको उनले बताए ।

निर्माण क्षेत्रका सवारीहरूलाई राति ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए । प्रमुख ढकालले पासबाहक सवारी चालकलाई पासको दुरुपयोग नगर्न आग्रह गरे ।

पासको दुरुपयोग भएको पाइएमा पास थुत्ने र गाडी होल्ड गरिने उनले बताए । विभिन्न उद्योग तथा प्रतिष्ठानले सम्बन्धित नियामक निकायबाट आधिकारिक पत्र लिएर मात्रै सवारी सञ्चालन गर्नुपर्नेछ ।

सम्बन्धित समाचार

कोशी प्रदेशको बजेट : स्वास्थ्यमा ३ अर्ब ७ करोड बजेट विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०– ०८१ को लागि स्वास्थ्यमा तीन अर्ब बढी रकम बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय समेत समालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज अध्यादेशबाट आगमी...

काँकरभिट्टा नाका लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म...

झापामा कपडा व्यापारीको हत्या

विराटनगर, ९  साउन-झापाको मेचीनगर नगरपालिकाका १ व्यापारीको हत्या भएको छ । वडा-२ भृकुटीचोकका ५० वर्षीय व्यापारी नारायण आचार्यको हत्या भएको हो । आफ्नै कपडा पसलमा सामान बेच्दै गरेको उनीमाथि ग्राहक बनेर आएका व्यक्तिले धारिलो हतियार...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, २३ असार । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथा विराटनगर–४ स्थित खार्जी कोहबरा...

मोरङको बाहुनीमा न्यूरोको वृहत् स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकको सेवाबाट बिरामी दङ्ग

विराटनगर । विराटनगरस्थित  न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले मोरङको बेलबारी ७ बाहुनीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य अभियान कार्यक्रम अन्तर्गत बाहुनीमा शनिवार वृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।  न्युरो अस्पतालका...

प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानुनी जटिलता व्यहोर्नु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, ३० वैशाख-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेसा र व्यावसायमा गएका नेपालीको प्रवेशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानुनी जटिलता व्यहोर्नु नपर्ने बताएका छन् । संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : पटनासँग नेपाल पुलिस पराजित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा विभागिय टिम नेपाल पुलिस क्बलाई १२...

पोखरिमा डुबेर एक किशोरको मृत्यु

बिराटनगर, ३२ साउन-मोरङ बिराटनगर महानगरपालिका–१४ मा स्थित पोखरीमा डुबेर १६ बर्षीय किशोरको मृत्यु भएको छ ।आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका विराटनगर–१५ का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्