कोरोना निको भएर घर फर्केकालाई भेदभाव नगर्न सरकारको आग्रह

 न्यूज विराट
कोरोना निको भएर घर फर्केकालाई भेदभाव नगर्न सरकारको आग्रह

काठमाडाैं, २८ वैशाख-सरकारले कोरोना भाइरस (कोभिड–१९) जितेर घर फर्केकाहरूलाई सामाजमा सम्मानजनक व्यवहार गर्न आग्रह गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस निको भएर घर फर्केकालाई कुनै खालको विभेद नगर्न आग्रह गरेका हुन् ।

‘कोरोना जितेर घर फर्किनुभएकाहरूलाई छरछिमेक र समाजले विभेद गर्ने गरेको, घरभन्दा टाढा बस्न दबाब दिएको भन्ने सुन्नमा आएको छ । यस्तो नगरिदिनुहोला । उहाँहरू पूर्णतः कोरोनालाई जितर फर्कनुभएको हो । उहाँहरूलाई सम्मानजनक ढंगले जिउने वातावरण तयार गरिनुपर्छ’, उनले भने ।

डा. देवकोटाले कोरोना निको भएर फर्केकाहरूसँग डराउनु नपर्ने पनि बताए । ‘उहाँहरू निको हुनुभएको हो । उहाँहरूबाट रोग सर्छ भनेर डराउनुपर्दैन । अब उहाँहरूसँग रोग सार्न सक्ने क्षमता छैन’, डा. देवकोटाले भने ।

उनका अनुसार अहिलेसम्म नेपालमा १ सय १० जनामा कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये ३१ जना निको भएर घर फर्केका छन् । विभिन्न अस्पतालमा उपचाररत ७९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

सम्बन्धित समाचार

एमालेले बुझायो वडा कार्यालयमा २० बुद्धे ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिका १२ नं. वडा कार्यालयमा वेथीति बढेको आरोप लगाउँदै नेकपा एमाले १२ नं. वडा कार्यालयले ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न २० बुद्धे ध्यानाकर्षण पत्र वडा कार्यालयमा बुधबार बुझाएका हुन् । नेकपा...

ताजा जनादेशमा जानु बाध्यकारी विकल्प हो : विष्णु पौडेल

उपप्रधानमन्त्री विष्णु पौडेलले ताजा जनादेशमा जानु बाध्यकारी विकल्प भएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरेको र संसदले नयाँ सरकार गठन गर्न नसकेकाले प्रतिनिधिसभा विघटन गरी बाध्यकारी विकल्पको रूपमा ताजा जनादेशमा...

कोशी प्रदेशका मन्त्री मेन्याङ्बोमाथि दुर्व्यवहार

विराटनगर । कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थमन्त्री तिलककुमार मेन्याङ्बोलाई पहिचान पक्षधरले बिहीबार कालो झन्डा देखाएका छन् । जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चौकमा कालो झन्डा देखाएका हुन्...

गठबन्धन आजको आवश्यक्त्ता हो:डा. शेखर कोइराला

विराटनगर,१२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले आगामी निर्वाचनमाका गठबन्धन आजको आवश्यक्त्ता भएको बताउनु भयो । नेकां मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उहाँले नेकांले एक्लै सरकार...

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

साफ महिला च्याम्पियनसिप २०२२ आगामी भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो । अखिल...

कात्तिक १४ गते एमाले मोरङको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम, ५ हजार बढीको सहभागीता हुने

विराटनगर । विगतको वर्षहरुमा जस्तै यसपालि पनि नेकपा (एमाले) मोरङले चाड पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी कात्तिक १४ गते विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा...

विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको सचेतनामूलक कार्यक्रम

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको को अवसरमा सचेतनामूलक कार्यक्रम गरेको छ । अक्टोबर ६ मा विश्व ‘सेरेब्रल पाल्सी’ को दिन क्लबले एक सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विराटनगरस्थित...

संविधानमा स्पष्ट व्यवस्था नभएपनि परिस्थती अनुसार संसद विघटनः मन्त्री तम्बाहाम्फे

विराटनगर, २० पुस-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधानमा संसद विघटनको व्यवस्था रहेको भएपनि कसरी गर्ने भन्ने स्पष्ट नरहेको बताएकी छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले विगतमा भन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्