लिपुलेक विवादबारे प्रचण्ड: कागजमा जस्तै व्यवहारमा पनि सरकारले सही ढंगले काम गरोस्

 न्यूज विराट
लिपुलेक विवादबारे प्रचण्ड: कागजमा जस्तै व्यवहारमा पनि सरकारले सही ढंगले काम गरोस्

काठमाडाैं, २८ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले सरकारले दिने वक्तव्य अर्थात् चिठी नीतिगत, सैद्धान्तिक र भावनात्मक रूपमा ठीक भएको तर कदम पनि ठीक तरिकाले जानुपर्ने बताएका हुन् ।

समितिका अन्य सदस्यहरूले सरकारले ठीक लेटर मात्र पठाउने तर एक्सन गर्न नसक्ने स्थिति रहेको बताएपछि अध्यक्ष प्रचण्डले उक्त कुरामा आफू सहमत भएको बताए ।

उनले भने, ‘सरकारको तर्फबाट दिने भनिएको परराष्ट्र मन्त्रालयको तर्फबाट दिने भनिएको वक्तव्य पनि मैले हेरेँ र उक्त लेटर नीतिगत, सैद्धान्तिक, भावनात्मक रूपमा पनि ठीकै छ। त्यो लेटरमा चिजहरू जो ओरियन्टेसन दिइएको छ, त्यो ओरियन्टेसन बेठिक छैन् भन्ने मलाई लाग्छ । यहाँ माननीय सदस्यहरूले पनि लेटर मात्रै ठीक भएर भएन्, एक्सन पनि ठीक हुन पर्‍यो भन्नुभएकाे छ, यसमा म सहमत छु ।’

विवादित सीमाका विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको अध्यक्ष प्रचण्डकाे भनाइ छ । भारत र चीनले लिपुलेकको विषयमा गरेका सम्झौतापछि यो समस्या भारतसँगको मात्रै नभई त्रिदेशीय बनेकाे उनले बताए ।

सम्बन्धित समाचार

कोशी खेलकुद महोत्सवको तयारी पूरा, एक दर्जन खेल समावेश

विराटनगर । प्रथम कोशी खेलकुद महोत्सव – २०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै फागुन १३ गते देखि १८ गते सम्म संचालन हुने खेल महोत्सवको तयारी...

चिकित्सकले मृत्यु निश्चित छ भनेका डा. र्‍यान ४ हप्तापछि कोरोनालाई जितेर फर्किए

एजेन्सी, बैशाख ४-डा. र्‍यान पडगेट ४५ वर्षका भए । उनी सिएटलको किर्कल्यान्ड हस्पिटलको आपतकालीन विभागका चिकित्सक हुन् । शारीरिक फिट्नेसका कारण उनलाई साथीहरूले आइरस म्यानको उपनाम दिएइका थिए । तर, जब कोरोना भाइरसको संक्रमणले छोयो,...

बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं, २३ वैशाख-सरकारले बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप...

बागलुङमा शंकास्पद भनिएकी महिलाको रिपाेर्ट नेगेटिभ

द्रुत परीक्षणका क्रममा शंकास्पद देखिएकी बागलुङकी एक वृद्धाको कोरोना संक्रमण परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ ।आइतबार काठेखोला गाउँपालिका– ६, बिहुँ इनारपानीकी एक ६५ वर्षीयँ महिलाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) का क्रममा कोरोना शंकास्पद देखिएको...

फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप ‘खुशीको खबर’ : ट्रम्प

एजेन्सी, २४ कात्तिक-औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न स्थानका संक्रमितमा औषधिको परीक्षण गरिएको र यसको...

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २ सय २१ पुग्याे

काठमाडाैं, १४ भदौ-कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टाभित्र ४ महिला र १० पुरुष गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु...

विराटमा आङ खस्ने महिलाको निःशुल्क उपचार : शल्यक्रियापछि विरामी भन्छन्, ‘पुनर्जीवन पायौं’

विराटनगर । कोशी प्रदेश सरकारले आङ खस्ने महिलाको उपचार निःशुल्क सुरू गरेको छ । पहाडी र तराइको जिल्लाको ग्रामिण क्षेत्रमा आङ खस्ने रोगको समस्याले महिलाहरू ग्रसित भएपछि प्रदेश सरकारले निःशुल्क उपचार सेवा सुरू गरेको हो...

तेली समाजको संगठन विस्तार, विराटनगरमा युवा कमिटि र बेलबारीमा समाज गठन

विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो । यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्