अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्‍याली

 न्यूज विराट
अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्‍याली

काठमाडौं, २७ वैशाख-अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्‍याली गरिएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानरसहित र्‍याली गरिएको हो । गायक दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा समेत ब्यानर प्रदर्शनमा आएकी थिइन् ।

आफ्नो गायन प्रतिभाले अमेरिकी मात्र हैन विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका युवा गायक दिवेश पोखरेल भोलि आइतबार हुने टप सेभेनका लागि बलियो प्रतिस्पर्धी पनि बनेका छन् ।

शनिबार बिहान दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमासहित स्थानीयहरुले कलंकी मन्दीर परिशरमा ब्यानर प्रदर्शन गरेका छन् । स्थानीयहरूले गायक पोखरेको समर्थनमा भोटिंग अभियानसमेत सुरु गरेका छन् ।

समर्थन अभियानको अगुवाई गरेका गायक पोखरेलका छिमेकी बिक्की श्रेष्ठले नेपाली प्रतिभा अमेरिकन आइडल जस्तो विश्व चर्चित गायन प्लेटफर्म पुग्नु गौरवको विषय भएको बताए । युवा गायक पोखरेलको समर्थनमा भोटिंग गरेर सबै नेपालीलाई सहयोग गर्न आग्रह पनि गरे ।

सम्बन्धित समाचार

नाबुन दुहबीले मनायो जितिया पर्व

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल दुहबी नगर कमिटिले जितिया पर्व मनाएको छ । सुनसरीको दुहबीमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी जितिया पर्व मनाएको हो ।जितिया पर्वको अवसरमा नाबुन दुहबीले सांस्कृति कार्यक्रम पनि आयोजना...

मंगलबार थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

काठमाडौं, ६ साउन-मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १५०...

बाँकेकाे नैनापुर गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण

काठमाडौं, २ जेठ-बाँकेमा एकै दिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नैनापुर गाउँपालिका-१, ३ र ५ वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय...

पूर्व प्रधानन्याधिशहरुले भ्रम सृजना गर्न खोजे:मन्त्री ज्ञवालीले

विराटनगर, २५ पुस-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पूर्व प्रधानन्याधिशहरुको संगठित व्यक्तव्यबाजी जर्बरजस्त भ्रम सिर्जना गर्न जारी भएको आरोप लगाएका छन् । बुद्धीजीवी परिषद् मोरङले विराटनगरमा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा ओली समूहका...

त्रिविअन्तर्गतका क्याम्पसमा शुक्रबारदेखि भौतिक उपस्थितिमा पढाइ

काठमाडौं, १ असोज । शुक्रबारदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्बन्धनप्राप्त सबै क्याम्पसहरूमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । कोरोना महामारीको जोखिमबाट बच्न विशेष सतर्कता अपनाई भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख...

४ साउनदेखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध

काठमाडौं, १ साउन-जल तथा मौसम विज्ञान विभागले १ हप्ताअघि नै २५ देखि २९ असारसम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो । नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले...

ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब नाघे

एजेन्सी, फागुन १–फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता २ अर्बभन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैँ सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ...

कटहरी गाउँपालिकालाई जसपाले बुझायो ज्ञापनपत्र

विराटनगर, ६ असार । नीति तथा कार्यक्रममा विभिन्न जनसरोकारका विषय समेट्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले कटहरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । जसपा कहटरीले सोमबार आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विभिन्न २१ बुँदे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्