५० रुपैयाँ दिएर किशोरी बलात्कार गर्ने वृद्ध पक्राउ

 न्यूज विराट
५० रुपैयाँ दिएर किशोरी बलात्कार गर्ने वृद्ध पक्राउ

धनगढी, २७ वैशाख-कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-११ भुजेलाका ६८ वर्षीय तारा ओझाले आफन्त पर्ने किशोरीलाई ५० रुपैयाँ दिएर बलात्कार गरेको सूचना पाएसँगै उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले बताए ।

घरायसी कामकाजले किशोरी वृद्धको घरमा गएका बेला सबै गहुँ काट्न गएको मौकामा वृद्धले आफ्नै घरमा आएकी किशोरीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए । पीडक पक्षले पीडित पक्षलाई दिएको १० लाखको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

किशोरीलाई ५० रुपैयाँ दिएर बलात्कार गरी घटना मिलाउन पीडित किशोरीलाई १० लाख दिन खाजेको खुलेपछि पक्राउ गरी उनीमाथि अनुसन्धान भइरहेको पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

कालापानी हाम्रै होः सभापति देउवा

काठमाडौं, ३१ वैशाख-बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सिमाविवादमा सरकारले पहल गर्न सुझाव दिएका छन् । उनले आज भएको छलफलमा सुगौली सन्धिमा जुन कुरा प्रष्ट छ त्यहि हुनुपर्ने...

प्याब्सन र विराटबीच सम्झौता, सहुलियतमा उपचार हुने

विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होम र विराट मेडिकल कलेजले प्याब्सन मोरङमा आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गरिदिने भएको छ । सहुलियतमा उपचार गर्नको लागि प्याब्सन र विराटबीच बुधबार सम्झौता भएको छ । सम्झौता पत्रमा...

९२ वर्षको उमेरमा कोरोना जितेर घर फर्किँदा

एजेन्सी, बैशाख २७-तस्वीरमा देखिएका व्यक्ति ९२ वर्षीय भवानी शर्मा हुन् । भारत जयपुरका उनले कोरोनामाथि विजय प्राप्त मात्र गरेका छैनन्, जिन्दगीको सबैभन्दा सुन्दर चित्र पनि देखाएका छन् । २८ अप्रिलमा कोरोना संक्रमणबाट पूरै मुक्त भई...

दुर्घटनामा घाइते मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

जनकपुर, फागुन १५–पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जनाएको छ । मैनालीसहित घाइते उनका परिवारिका सदस्य र चालकलाई...

टि –२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी प्रदेश विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागिय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली...

अन्तर विद्यालय स्तरिय हाजिरीजवाफमा  मदननगर प्रथम

विराटनगर । अन्तर–विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि विराटनगरस्थित  मदननगर आधरभूत विद्यालयले जितेको छ । आधारभूत तह ६ देखि ८ कक्षामा अध्ययनरत बिद्यार्थीहरूबीच भएको अन्तर विद्यालय स्तरियहाजिरीजवाफ प्रतियोगितामा  मदननगर प्रथम भएको हो । प्रथम भएको...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा कपडाको झोला वितरण

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ‘से नो टु प्लाटिक व्याग’ नारासहित कपडाको झोला वितरण गरेको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर क्लबले मोरङको जहदा गाउँपालिका–२ का...

इप्रका रामपुरले एकै दिन १३ फरार अभियुक्त पक्राउ, प्रहरी निरीक्षक ढकाल आएपछि फरार अभियुक्त धमाधम पक्राउ

विराटनगर । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले एकै दिन विभिन्न अपराध गरी फरार १३ जना प्रतिवादीहरु पक्राउ गरेको छ । प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्