सीमा अतिक्रमणको विरोधमा उत्रिएका २ दर्जन बढी युवा पक्राउ

 न्यूज विराट
सीमा अतिक्रमणको विरोधमा उत्रिएका २ दर्जन बढी युवा पक्राउ

काठमाडौं, २७ वैशाख-भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोध प्रदशर्नमा उत्रिएका २ दुर्जन बढी विद्यार्थी नेता कार्यकर्ता जना पक्राउ परेका छन् । शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

नेविसंघ, सत्तारूढ नेकपानिकट अखिल, मोहन वैद्यनिकट अखिलले संयुक्त रूपमा गरिएको प्रदर्शनमा हस्तक्षेत्र गर्दै पक्राउ गरिएको नेविसंघ पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले जानकारी दिइन् ।

नाराबाजी गर्दै माइतिघर पुगेका युवालाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो । उनीहरूले ‘ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी’ गरेका थिए ।

यस्तै, भारतीय दूतावासअगाडि प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई पनि प्रहरीले पक्राउ गरेको छ । लैनचौरमा रहेको दूतावासअगाडि प्लेकार्डसहित प्रदर्शन गर्न पुगेका सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठनका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, १५ वैशाख-गृह मन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । सवारी साधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भन्दै लकडाउन कडाइ गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले सबै जिल्ला...

एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

रंगेली । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको...

मृतकको संख्या २० पुग्यो

काठमाडौं, ३ असार-बाँके बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...

बालिका बलात्कार आरोपमा दाइ पक्राउ

डडेल्धुरा, ६ असार-कञ्चनपुरमा ९ वर्षीया बालिका बलात्कार आरोपमा दाइ पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-१० की ९ वर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली घर भएर कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र...

जिल्ला समन्वय समिति मोरङद्वारा पूर्व पदाधिकारी सम्मानित

विराटनगर,२५ साउन । जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्ला सभा आजदेखि यहाँ शुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्वजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा...

प्रदेश १ मा १०३ डिस्चार्ज, २८ संक्रमित थपिए

विराटनगर, २१ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ८४२ पुगेको छ । प्रदेश १ मा आज...

मंगलबार नेपालमा ३८० जना कोरोना संक्रमित थपिए, ११७ जनाले जिते

काठमाडौं, असार २-मंगलबार नेपालमा ३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका विभिन्न स्थानमा रहेका प्रयोगशालमा गरिएको नमुना परीक्षणका क्रममा ३८० जनामा कोरोना भाइरस संक्रमण...

प्रदेश १ आज ३ संक्रमित थपिए, २२ जना डिस्चार्ज

विराटनगर, असार २८–प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्