भारतले लखेटेपछि दशगजामै बास

 न्यूज विराट
भारतले लखेटेपछि दशगजामै बास

बाँके, २७ वैशाख-भारतमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए ।

भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरुलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका-१ सुइँया नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गरायो ।

‘मजदुर फर्किएको सूचना प्राप्त हुनेबित्तिकै नरैनापुर गाउँपालिकाले उनीहरुलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टाइनमा राखेको थियो’, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘तर सशस्त्र प्रहरीले २१ जनालाई लगेर दशगजामा राखेको छ।’

भारतमा रोजगारी गरी घर फर्कने मजदूरको अवैध प्रवेशका कारण भारतसँग सीमा जोडिएको नरैनापुरमा कोरोना संक्रमणको जोखिम उच्च रहेको अध्यक्ष शाहले बताए ।

भारतबाट आएर दशगजाबाट लुकिछिपी आफ्नो गाउँघर पुग्न खोज्ने युवालाई प्रहरीले दशगजामै छेक्ने गरेको छ । कामदारका परिवारले उनीहरुलाई क्वारेन्टाइनमा राख्न अनुरोध गरे पनि आफूहरुलाई नेपाल भित्रिन नदिने निर्देशन भएकै कारण क्वारेन्टाइनमा राख्न नमिल्ने सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज वीरेन्द्रबहादुर जिसीले बताए ।

‘नेपाल प्रवेश गर्न नदिने निर्देशनविपरीत लुकीछिपी प्रवेश गरेको पाइएकाले उनीहरुलाई क्वारेन्टाइनमा राख्न मिलेन। हामीलाई प्रवेश गर्न नदिने निर्देशन छ’, इन्चार्ज जिसीले भने, ‘प्रवेश गर्न नदिने भनेपछि क्वारेन्टाइनमा राख्न दिने प्रश्न नै आउँदैन । यद्यपि यसअघिदेखि नै नरैनापुर गाउँपालिकाले भारतबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्दै आएको छ ।’

भारतले उता बस्न नदिने र नेपालले दशगजाभित्र पस्न नदिने गरेकाले नेपाली पीडित बनेको नेपाली काँग्रेस क्षेत्र नं १ का नेता रामचन्द्र मौर्यको भनाइ छ। उनले भने, ‘गाउँ फर्किनेहरु नेपाली नागरिक भएकाले उनीहरुको व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ, पन्छिन मिल्दैन ।’

प्रदेश ५ सरकारले मंगलबार नै एक सूचना जारी गरी सबै स्थानीय तहमा भारतबाट आउने कामदारलाई लक्ष्य गरेर उनीहरुको व्यवस्थापनका लागि थप क्वारेन्टाइन निर्माण गर्न निर्देशनसमेत दिएको छ। ‘केन्द्र सरकारले कुनै पनि व्यक्ति प्रवेश गर्न नपाउने सूचना जारी गरेको छ, यो आपसमा विवादित देखियो’, गाउँपालिकाका अध्यक्ष शाहले भने, ‘हामी व्यवस्थापनका लागि तयार छौं तर प्रहरीले सीमाबाट प्रवेश गर्न दिँदैन ।’

सीमा क्षेत्रमा अहिले पनि १ सय भन्दा बढी कामदार अलपत्र अवस्थामा छन् । बुधबार राति नरैनापुर–५ का तीन कामदार पसेको सूचना आएपछि उनीहरुलाई प्रहरीले फेरि भारततर्फ फिर्ता पठाएको छ। ‘भारतले दशगजासम्म आउन दिने तर नेपाल प्रहरीले नेपाल प्रवेशमा रोक लगाउनुहुँदैन’, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने। गत साता नै नरैनापुर क्षेत्रबाट ५६ धर्मगुरुको स्वाब संकलन गरी जाँच गरिएकामा सबैको रिपोर्ट निगेटिभ आएको छ। भारतबाट आउने कामदारका कारण जोखिम हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले बताए। रासस

सम्बन्धित समाचार

भारतबाट चोरबाटो हुँदै नेपाल फर्कन लागेका ६ जना पक्राउ

सिरहा, ५ वैशाख-भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका ६ जनालाई पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका ६ जनालाई पक्राउ गरी क्वाइरेन्टाइन पठाइएको जिल्ला प्रहरी कार्यालय...

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं, २४ असोज-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार ज्वरोको महसुस भएपछि शनिबार बिहान परीक्षण गर्दा नतिजा पोजिटिभ आएको भट्टराईले जानकारी दिए । ‘गत सोमबार कोरोना परीक्षाण गर्दा रिपोर्ट...

साेमबार पुनः १३ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या १ सय ३४

काठमाडाैं, २९ वैशाख-साेमबार पुनः १३ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणमा कपिलवस्तुका ६, रूपन्देही ६ र बर्दियामा १ जना गरी १३ जनामा काेभिड-१९ काे संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले...

दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड

विराटनगर, १८ फागुन । दलित समुदाय माथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका सहभागि वक्तहरुले जोड दिएका छन् । मानव अधिकारका लागि श्रोत विकास मञ्च (रिडेफ) नेपालले विराटनगरमा बुधबार आयोजना गरेको दलितका संवैधानिक,...

वामदेव गौतम आधिकारिक नेकपामा जाने

सत्तारुढ नेकपा विभाजन भई बालुवाटार र बबरमहलमा दुई पक्षमा केन्द्रीय कमिटी बैठक चलिरहँदा उपाध्यक्ष वामदेव गौतम भने भैँसेपार्टीस्थित निवासमै छन् । आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उनले दुवै बैठकमा जान अस्वीकार गरेका हुन् ।...

विराटनगर म्यूजिक फेस्टिबलको तयारी तिव्र, अनलाइनबाट पनि टिकट काटन मिल्ने

विराटनगर । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी तिव्र रुपमा अगाडी बढेको छ । उक्त फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।म्यूजिक फेस्टिबलमा चर्चित गायक...

हिज्जे प्रतियोगिताको उपाधि मनोकामना स्कुललाई

विराटनगर । नेशनल प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मनोकामना इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । नेशनल प्याब्सन विराटनगर महानगर कमिटिले विराटनगरमा शनिबार आयोजना गरेको प्रतियोगिताको द्धितीय ग्रिनपीच एकाडेमी र तृतीय अरीहन्त इङ्लिस स्कुल भएको हो ।विद्यार्थीहरुमा...

विराटनगर जुनियर जेसिजको पदस्थापन

विराटनगर । विराटनगर जुनियर जेसिजको २८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पूर्वाञ्चल विश्विद्यालयका पूर्व डीन प्रो। डा। दुर्गानन्द चौधरीको उपस्थितिमा पदस्थापन कार्यक्रम भएको थियो । विराटनगर जुनियर जेसिजको २९ औं अध्यक्षको रूपमा वर्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्