नेकपा सांसदलाई स्पष्ट एकरूपता देखाउन प्रधानमन्त्रीको लिखित निर्देशन

 न्यूज विराट
नेकपा सांसदलाई स्पष्ट एकरूपता देखाउन प्रधानमन्त्रीको लिखित निर्देशन

काठमाडौं, २७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उनले एकताबद्ध प्रयासका साथ अघि बढ्न पनि आग्रह गरेका हुन् ।

संघीय संसद्को छैटौँ अधिवेशन प्रारम्भ हुनुअघि पार्टी संसदीय दलको बैठक बस्न नसकेको कारण प्रधानमन्त्री ओलीले सांसदलाई लिखित अनुरोध गरेकाे बताइएको छ । संसद्को दुवै सदनका बैठकहरू छोटा छरिता र मर्यादित एवं विषय केन्द्रित हुनुपर्ने भन्दै उनले सदनमा दलका एकता र विषयगत एकरूपता देखिनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले छलफलका औचित्य, आवश्यकता र सम्भावना हेरी साना भेटघाट आयोजना गरिने जानकारी दिएका छन् । उनले राष्ट्रिय परिस्थितिअनुरूप संसद् सुरू हुनुअघि पार्टी संसदीय दलको बैठक बस्न नसकिएको प्रसङ्ग उल्लेख गरेका छन् ।

निर्देशनमा प्रधानमन्त्री ओलीले कोरोना भाइसरबाट बच्न सामाजिक दूूरी कायम गर्नुपर्नेलगायतका स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय र चिकित्सकहरूको सुझाव पनि उल्लेख गरेका छन् ।

लिखित निर्देशनमा तोकिएको मापदण्ड अनुसार सिट व्यवस्थापनलगायतका आवश्यक तयारी गर्न सम्भव नभएकोले बैठक हुन नसकेको जानकारी गराइएको छ । यद्यपि संसद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको थियो ।गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. सिलवाल निर्वाचित

विराटनगर, ६ माघ । नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सिलवालले प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले...

निजी स्वास्थ्य संस्थाले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षण अनुमति रद्द

काठमाडौं, ३ भदौ-सरकारले कोरोनाका बिरामीका लागि एक तिहाइ बेड नछुट्याउने मेडिकल कलेजलाई आरटी पीसीआर परीक्षणको अनुमति नदिने भएको छ । साथै कोरोना संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याउने निजी स्वास्थ्य संस्थालाई पीसीआर परीक्षणका लागि दिएको...

विराटनगरमा ७५ सहित प्रदेश १ मा ३३७ जनामा कोरोना संक्रमण

विराटनगर, २१ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

त्रिभुवन विमानस्थलबाट आज ११ अन्तर्राष्ट्रिय उडान

काठमाडौं, २० असार-विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको...

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं, ८ असोज-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरबाट आज ४ सय ५७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५०...

भारतको गतिविधि विस्तारबादी चरित्रः सांसद मण्डल

विराटनगर, बैशाख २७–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले भारतले विस्तारबादी चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले विश्वव्यापी माहामारीका रुपमा फैएिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका...

गुडिरहेको जिप पहिरोमा पुरियो, १ को मृत्यु, २ जना गम्भीर घाइते

गुल्मी, ७ असार-गुल्मीमा गुडिरहेको जिप पहिरोमा पुरिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका-३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं. को जीप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्