एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दै

 न्यूज विराट
एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दै

गोरखापत्र दैनिकबाट-कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ ।

यसअघि उपत्यका छाडेर घर जानेको तथ्यांक कुनै निकायसँग छैन । तथ्यांकको अभावमा बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्समार्फत् उपत्यका भित्रिन थालेका हुन् ।

लुकिछिपी उपत्यकाभन्दा बाहिरबाट उपत्यका भित्रिन थालेकाले व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने खतरा बढ्दै गएको कतिपयको भनाइ छ । यद्यपि काठमाडौं उपत्यका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहेको देखिएको छ ।

काठमाडौं सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का अनुसार कतिपय उच्च ओहोदाका व्यक्तिले पनि आफन्तलाई उपत्यका बाहिर–भित्र गराइरहेको स्थानीयवासीको गुनासो छ ।

काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दरराज वैद्यले पछिल्लो दुई सातामा उपत्यका बाहिर गएका मानिस उपत्यका भित्रिन थालेकाले रोक्न गाह्रो भएको बताए । उनका अनुसार सीएमसी काठमाडौंले १ साताको बीचमा भीमढुङ्गा, दक्षिणकाली, साँखु लगायतका उपत्यका प्रवेश गर्ने मुख्य नाकामा अनुगमन गर्दा लुकिछिपी उपत्यकामा आउने क्रम नरोकिएको पाइएको हो ।

उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा व्यवस्था कडा गर्न सुरक्षा निकायलाई सीएमसीले आग्रह गरे पनि भित्रिने ठाउँ खुला भएकाले रोक्न गाह्रो भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति काठमाडौँंका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ४५ देखि ५० लाख जनसंख्यामध्ये २० देखि २२ लाख उपत्यकाभन्दा बाहिरका छन् ।

उपत्यका बाहिरका २० देखि २२ लाख जनसङ्ख्यामध्ये बन्दाबन्दीको समयमा करिब १३ लाख जनसंख्या उपत्यका छाडी बाहिर गएको अनुमान गरिएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिरामी भएको बहानामा एम्बुलेन्सबाट उपत्यका भित्रिन खोज्ने कतिपय व्यक्तिलाई भक्तपुरको प्रवेश गर्ने नाका साँगा र जगातीबाट फिर्ता पठाइएको बताइन् ।

सूर्यविनायक नगरपालिका सल्लाघारीमा कोठा भाडामा बस्ने पीडित व्यक्तिको पैरवी गर्दै आएका अभियन्ता प्रेमबहादुर थापाले उपत्यकामा राहत दिने बेलामा मात्र नगरपालिकाले भाडामा बस्ने व्यक्तिको तथ्याङ्क सोधीखोजी गर्ने गरेको बताए ।

उनले सम्बन्धित पालिकाले कुन घरमा कुन ठाउँका कति जना कोठा भाडामा बसेका छन् भन्ने एकिन तथ्यांक राख्ने व्यवस्था गर्नुपर्ने, यहाँका प्रत्येक घरको भाडा दर निर्धारण गरी सार्वजनिक स्थानमा टाँस्नुपर्ने, घर भाडामा वा खाली के छ, घर भाडामा दिनुको प्रयोजन र घरमा बस्ने व्यक्तिको तीनपुस्ते अभिलेख राख्न स्थानीय सरकारलाई सुझाव दिए ।

सम्बन्धित समाचार

निषेधाज्ञामा विराटनगरः कतै सुनसान, कतै अत्याधिक भिड (फोटो फचर)

विराटनगर, ६ भदौ-लकडाउन प्रभावकारी नभएर दिनप्रतिदिन प्रदेश राजधानी विराटनगर र आसपासका स्थानीय तहमा समुदायमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेसँगै सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर लगायत अन्य...

गाँजा सहित एक जना विराटनगरबाट पक्राउ

विराटनगर । प्रहरीले अवैध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १८ झटियाई मुसरीमा टोल नयाँबस्तीबाट गाँजा सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर – १८ बस्ने १८ बर्षिय नन्दु...

भगवान् रामचन्द्रको सम्झनामा देशभर रामनवमी पर्व मनाइँदै

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा रामचन्द्रका मन्दिरहरूमा...

विराटनगरमा पाँचौ विराट सडक महोत्सवको तयारीे, ३० स्टल रहने

विराटनगर । विराटनगरमा पाँचौ विराट सडक महोत्सव हुने भएको छ । विजय दशमीको अवसर पारेर आउँदो असोज १७ गतेदेखि विराट सडक महोत्सव हुने भएको हो । मन्जिना मुभिज क्रीयसन प्रालिको आयोजनामा हुने उक्त महोत्सवमा तयारी...

विराटनगरमा १२ सहित प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

विराटनगर, १७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक...

कोसी नदी तटबन्धमा युवक मृत फेला

सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा सो युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय...

प्रधानन्यायाधीशकाे स्वास्थ्य अवस्था सुधारोन्मुख छ : अस्पताल

काठमाडौं, १६ मंसिर ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । काेराेना संक्रमण भएपछि उनी यही १३ मंसिरदेखि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भई उपचाररत छन् । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन...

विराटनगर महानगरको मेयर कोइरालाको विरोध  गर्दा चापागाईं हिरासतमा

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी ५२ वर्षीयाँ इन्दिरा चापागाईंलार्ई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्