काठमाडौं, २६ वैशाख-आजदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका २७५ जना सांसदको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । हिजो र आज गरि २७५ जना सांसदसहित कूल ६९२ जनाको स्वाब संकलन गरिएको हो।
हिजो र आज गरी संघीय संसदका २७५ जना सदस्यहरूको (मन्त्रीसमेत) पिसिआर परीक्षणका थ्रोट स्वाव संकलन गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार हिजो २१२ जनाको स्वाब संकलन गरिएको थियो भने आज ६३ जना सांसदको स्वाब संकलन गरिएको छ । जसमा प्रतिनिधिसभातर्फ हिजो १७९ र आज ५३ गरी २३२ जनाको स्वाब संकलन भएको हो । त्यस्तै, राष्ट्रियसभातर्फ हिजो ३३ र आज १० गरी ४३ जनाको स्वाब संकलन भएको हो ।
संघीय संसदका सभामुख, सांसद, अत्यावश्यक कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी हिजो कूल ४४१ जना र आज कूल २५१ जना गरी ६९२ जनाको स्वाब संकलन संघीय संसद सचिवालयले जनाएको छ । कोरोना परीक्षणका लागि ५४ जना सांसद स्वाब संकलन बाँकी रहेका छन् ।