बजेट अधिवेशन सुरु हुनुअघि नेकपाका नेताहरूको बालुवाटार छलफलमा

 न्यूज विराट
बजेट अधिवेशन सुरु हुनुअघि नेकपाका नेताहरूको बालुवाटार छलफलमा

 काठमाडौं, २६ वैशाख-सत्तारूढ दल नेकपाका नेताहरू बालुवाटारमा छलफल गरेका छन् । बजेट अधिवेशन सुरु हुनुभन्दा पहिला संसदीय दलको बैठक बस्ने चलन छ । तर, अहिले त्यस्तो बैठक बस्न सम्भव नभएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, दलका उपनेता सुबास नेम्वाङ, प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङ, सचेतक  शान्ता चौधरी, राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्मालगायतका नेताहरू छलफल भएको नेम्वाङले बताए ।

अहिले कोरोना भाइरसको महामारीका कारण सोसियल डिस्टेन्स कामय गर्नुपर्ने र त्यो संसदीय दलको कार्यलय लोत्सेहलमा सम्भव नभएकाले केही नेताहरू र प्रतिनिधि र राष्ट्रियसभाका नेताहरूबीच छलफल भएको नेम्वाङले बताए ।

‘बजेटको समय छ त्यसको लागि छलफल गर्नुपर्ने हुन्छ । प्रिबजेटको लागि अहिल छलफल जारी छ । अन्य विषयमा पनि कसरी जाने भन्ने विषयमा छलफल भएको हो’ उनले भने ‘बजेट अधिवेशनमा सांसदहरुलाई प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन दिने कुरा भएको छ ।’

सरकारको नीति तथा कार्यक्रम पनि आउने भएकाले संसदमा प्रभावकारीता देखाउनु पर्ने भएकाले यसका लागि नेकपा सांसदहरूलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्न दलको नेताद्वारा आग्रह गर्ने कुरा भएको नेम्वाङले बताए ।

आजै अध्यक्षद्वयबीच पनि छुटै कुराकानी भएको नेम्वाङले बताए । ‘कुराकानी कुनकुन विषयमा भयो भन्ने जानकारी नभए पनि छुटै बस्नु भएको थियो । कुरा के भयो जानकारी भएन’ नेम्वाङले भने ।

पछिल्लो समयमा नेकपामा अध्यक्षद्वय बीच नै सहमति हुन सकेको छैन । हिजो बिहीबार बस्ने भनेको स्थायी कमिटी बैठक पनि बस्न सकेको छैन । अध्यक्षद्वय बीच नै एजेण्डा के के हुने भन्ने विषयमा नै सहमति हुन नसकेपछि स्थायी कमिटीको बैठक बस्न सकेको छैन । हिजै १८ जना स्थायी कमिटी सदस्यले पार्टी कार्यलय धुम्बाराहीमा बैठक बसेर प्रचण्डलाई भेटेका छन् । यसअघि स्थायी कमिटी बोलाउनुपर्ने नेताहरूको माग अनुसार २ अध्यक्षले सल्लाह गरेर बैठक बोलाउने अध्यक्ष प्रचण्डले बताएका थिए ।

सम्बन्धित समाचार

एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दै

गोरखापत्र दैनिकबाट-कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्यांक कुनै निकायसँग छैन । तथ्यांकको अभावमा बन्दाबन्दीको...

प्रधानमन्त्री अभिव्यक्तिमा कांग्रेसले माग्यो सरकार र नेकपाको संस्थागत धारणा

काठमाडौं, ३१ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र ब्यवहारप्रति विमति प्रकट गर्दै सोमबार सरकार र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ ।...

शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर : कांग्रेस

काठमाडौं, १ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जार्दै शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने...

मतदान गर्न नपाउँदा दुःखी छुः सांसद मण्डल

विराटनगर, जेठ ३२–राष्ट्रियताका सवालमा जोडदार रुपले आवाज उठाउँदै आएका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले संविधान संशोधनमा मतदान गर्न नपाउँदा दुःख लागेको बताएका छन् । गृह जिल्ला मोरङमै रहेका सांसद मण्डलले सञ्चारकर्मीसँगको कुराकानीमा संशोधनमा मतदान...

सप्तरीमा खाद्यान्‍न भन्दै मदिरा ओसार्ने पक्राउ

सप्तरी, ५ वैशाख-लकडाउन र सीमा नाका बन्द गरेर देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सप्तरीमा भने लागुऔषध र मदिरा कारोबारी सक्रिय भएका छन् । अत्यावश्यक वस्तुका नाममा प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्याक्टरमा मदिरा ओसार्ने महादेवा...

प्रेस सेन्टर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर – १४ गोदावारी पार्कमा शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो...

कालीमाटी तरकारी बजारमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं, ५ जेठ-कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो ।...

रुकुम हत्या काण्डः थप एक जनाको शव भेटियो

रुकुम, जेठ १७–रुुकुम पश्चिम चौरजहारीमा भएको घटनामा बेपत्ता भएका सवैको शव फेला परेको छ । उक्त घटनामा वेपत्ता सवै ६ जनाको शव फेला परेको हो । जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्