भारतबाट आएका गुल्मीका ६८ जनाको काेराेना रिपोर्ट नेगेटिभ

 न्यूज विराट
भारतबाट आएका गुल्मीका ६८ जनाको काेराेना रिपोर्ट नेगेटिभ

गुल्मी, २६ वैशाख-भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु २ साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए ।

भैरहवास्थित प्रदेश प्रयोगशालामा किटको अभाव भएपछि पिसिआर टेष्टका लागि उनीहरुको स्वाब गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी भरतराज शर्माले जानकारी दिए । भारतबाट आएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका अधिकांश व्यक्ति बिहीबार घर फर्किसकेको र बाँकीलाई आज पठाउने तयारी गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । उनीहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि स्थानीयवासीमा त्रास हटेको पोख्रेलको भनाइ छ ।

२ सातासम्म सीमा नाकामा बसेकामध्ये धुर्कोटका ५, रेसुंगा नगरपालिकाका ७, मुसिकोटका २, चन्द्रकोट गाउँपालिकाका २ तथा मदाने र रुरुक्षेत्र गाउँपालिकाका १/१ जना पालिकाका क्वारेन्टाइनमा बसेका थिए । जिल्लामा हालसम्म ७५ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सम्बन्धित समाचार

जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक

काठमाडौं, ४ मंसिर-गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुस्तक सार्वजनिक गरिएको हो...

भक्तपुरका २ महिला र काठमाडौंका १ पुरुषसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० वैशाख-नेपालमा थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका आज परीक्षण गर्दा थप २६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा पर्साका १८, महोत्तरी, धनुषा, भत्तपुरका...

आउँदो ३ दिन वर्षा र बाढीको सम्भावना

काठमाडौं, २० असार-आउँदो ३ दिन बदलीसहित देशभर वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय भएकाले आगामी ३ दिन देशभरी नै वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । मनसुन सक्रिय भएसँगै केही दिन...

खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट हुने

काठमाडौं, ८ साउन । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण अब चारवटा अस्पतालबाट हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रमाणीकरण गर्नेको भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिभिल अस्पताल, पाटन अस्पताल र सशस्त्र...

घाइते बनाउनेलाई सांघातिक आक्रमण गर्ने सांसदको चेतावनी

काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...

भारतमा हिजाब विवादबारे फेरि बाेल्याे पाकिस्तान

काठमाडौं, ७ फागुन । पाकिस्तानकाे विदेश मन्त्रालयले एकपटक फेरि भारतमा चर्केकाे हिजाब विवादबारे आफ्नाे प्रतिक्रिया दिएकाे छ । विदेश मन्त्रालयका प्रवक्ता इफ्तिखार अहमदले भारतकाे कर्नाटक राज्यमा हिजाब प्रतिबन्ध लगाइएकाेबारे पाकिस्तान चिन्तित रहेकाे बताएका हुन् । उनले भनेका छन्, 'भारतमा मुस्लिम छात्रालाई हिजाब पहिरिन...

नेपाली मोडलको कोभिड आईसोलेसन सेण्टर निर्देशिका तयार

काठमाडौं, ३० वैशाख-कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आईसोलेसन सेण्टर निर्माण गर्ने निर्देशिका तयार भएको छ । विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता र अन्तराष्ट्रिय अनुभवको अध्ययनबाट तयार भएको निर्देशिका स्वास्थ्य मन्त्रालयमा बुझाईएको सोसाइटी...

भारतबाट नेपालतर्फ हुने अवैध आयात बन्द गर्न विराटनगरका उद्योगी/व्यवसायीको माग

विराटनगर, १७ फागुन । विराटनगरका उद्योगी व्यवसायीले खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपाल तर्फ हुने अबैध आयात नियन्त्रण गर्न माग गरेका छन् । सोमबार विराटनगरमा बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई स्वागत गर्दै विराटनगरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्