आजदेखि संघीय संसद्को बजेट अधिवेशन

 न्यूज विराट
आजदेखि संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं, २६ वैशाख-संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् ।

कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि संघीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरू गरिएको छ ।

राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिने छ । राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन ।

अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद् प्रा.डा. विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, सरकारले हालै २ अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अधिवेशन सुरूवातका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । उनले भने, ‘हामीले आवश्यक पूर्वाधारको तयारी गरिसकेका छौँ । कोरोना जोखिम न्यूनीकरणका लागि पनि स्वास्थ्य सेवा विभागले दिएको प्रतिवेदनका आधारमा आवश्यक सुरक्षात्मक व्यवस्था तयारी गरिसकेका छौँ । हरसम्भव रूपमा सुरक्षित तवरले बैठक सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।’

चालू अधिवेशन सरकारका वार्षिक कार्यक्रम पेससँगै बजेट पनि प्रस्तुत हुनेछ । संवैधानिक समयसीमा अनुसार १५ जेठ बजेट प्रस्तुत हुनेछ । संसद् सञ्चालन नियमावलीको व्यवस्था अनुसार बजेट प्रस्तुतअघि कम्तीमा १५ दिन पहिले पूर्वबजेट छलफल हुनेछ । पूर्वबजेटपछि नीति तथा कार्यक्रममा छलफल हुनेछ ।गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

एभरेष्टले आयोजना गरेको कविता प्रतियोगितामा रिजु प्रथम

विराटनगर । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना...

टी –२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेश प्रदेश विजयी

विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा विहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गको छ । टस जितेर पहिले...

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर, २१ फागुन । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित...

कार्यकक्षमै कुटिए सब-इन्जिनियर

जाजरकोट, १४ चैत । जाजरकोटको शिवालय गाउँपालिका– ७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इन्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै आफूले राम्रोसँग काम गर्न र...

विद्यालयमा पढाउन छाडेर कटहरीका एक शिक्षक कांग्रेसको महाधिवेशनमा व्यस्त, क्षेत्रीय प्रतिनिधिमा उठेर पराजित

विराटनगर, १२ असोज । मोरङको कटहरीमा एक शिक्षक विद्यालयमा बालबालिकालाई पढाउन छाडेर सत्तारुढ दल कांग्रेसको महाधिवेशनमा व्यस्त भएको पाइएको छ । कटहरी–४ खरबनास्थित श्री आधारभूत विद्यालयका शिक्षक निरज साह विद्यालय समयमा विद्यार्थीलाई पढाउन छाडेर कांग्रेसको...

कृषि उपजको सूचना प्रवाह गर्ने ‘कृषि मुल्य सूचना प्रणाली’ सञ्चालन

विराटनगर । कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । प्रमुख कृषि बजारहरुमा पाइने कृषि उपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले बुधबारदेखि उक्त सूचना प्रणाली संचालनमा ल्याएको हो । मूल्य सूचना प्रणाली सार्वजनिक...

६२८६ जनाको नमुना परीक्षण गर्दा १०५६ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा ३८६ महिला र ६७० पुरुषमा कोरोना...

गण्डकी प्रदेशका सांसद थापाको चौतर्फी विरोध, प्रदेश १ का दलित अगुवाद्धारा कारबाहीको माग

विराटनगर, बैशाख २६–सांसद पदमा रहेको व्यक्तिलेनै सिंगो दलित समुदायलाई अपमानित गरेपछी चौतर्फी आलोचना सुरु भएको छ । गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाबाटै दलित समुदायमाथि अपमान भएपछि देशभर उनको तिब्र आलोचना सुरुभएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्