
बढ्यो सुनको मूल्यः चादीको स्थिर
काठमाडौँ, २४ कात्तिक-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो...
काठमाडौं, २५ वैशाख-शुक्रबारबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना भाइरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पूरा भएको हो ।
संघीय संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई सबै सांसदको बसाई व्यबस्थापन, सभाकक्ष, कुर्सी र टेबुल, माइक व्यबस्थापन, सफाई लगायतका सबै तयारी पूरा भएको जानकारी दिए ।
उनले आज अपरान्ह् सभाहलको स्थलगत अवलोकन गरेर तयारीबारे जानकारी लिएका थिए । सभाहलमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार दूरी कायम गरि सीट प्लान गरिएको छ । हरेक २ सीट खाली गरेर बसाई व्यबस्थापन गरिएको छ ।
संयुक्त सदन बस्दा १ सय जनाको हाराहारीमा सांसदका लागि माथिल्लो हलमा बस्ने व्यबस्था मिलाइएको छ । प्रतिनिधिसभाको एकल बैठक हुँदा ४० जना हाराहारी सांसद माथिल्लो हलमा बस्ने तयारी गरिएको छ ।
यसअघि आज विहान सिंहदरबार स्थित कार्यकक्षमा बसाई व्यबस्थापन लगायतका विषयमा सभामुख सापकोटाले दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए ।
छलफलमा सहभागीले सबै सांसदले कोरोना परिक्षण गराउनुपर्ने, परिक्षण गराउन नपाएका, नभ्याएकाहरूलाई परिक्षण र त्यसको रिपोर्टपछि मात्रै सभाहलमा प्रवेश दिनुपर्ने सुुझाव दिएका थिए ।
संसद बैठक अघि कोरोना भाइरस भए/नभएकोबारे पीसीआर विधिबाट परिक्षण गर्ने कार्यव्यबस्था समितिको निर्णयअनुसार आज संघीय संसद अन्तर्गत ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । जसमा १७९ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य गरी २१२ जना सांसदको स्वाब संकलन गरिएको छ ।
सांसद बाहेक आज कर्मचारी र मर्यादापालक गरी २२९ जनाको स्वाब संकलन गरिएको छ । परीक्षणका लागि ४४१ जनाको स्वाब संकलन गरिएको हो ।
आज स्वाब संकलन गरिएका सबैको रिपोर्ट भोलि आइसक्ने संसद सचिवालय अन्तर्गत स्वास्थ्य इकाइका डा. पुुष्प रिजालले जानकारी दिए । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म स्वाब संकलन गरिएको थियो ।
स्वाब संकलन गर्न बाँकी सांसद, संसद भवनमा अनिवार्य उपस्थित हुनुपर्ने सुरक्षाकर्मी र कर्मचारीको परीक्षण शुक्रबार बिहान ८ देखि १० बजेसम्म आइसीसी भवनको लोत्से हलमै स्वाब संकलन गरिने बताइएको छ ।
काठमाडौँ, २४ कात्तिक-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो...
काडमाडौं, १९ जेठ । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ९ महिला र १३ जना पुरुषको मृत्यु भएको हो । मृतकमध्ये सबैभन्दा बढी मोरङका ८...
काठमाडौं, ९ जेठ-नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट...
विराटनगर । विराटनगर ३ पिपल चोकमा सोरुम फुटाएर नयाँ कार चोरी भएको छ । चोरीमा संलग्न भएको आरोपमा १ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनल नेपाल प्रा।लिले सञ्चालन गरेको...
विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी...
काठमाडौं, माघ २८–सरकारले नेपाल प्रहरीको २७औँ प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । प्रहरी सेवामा ३० वर्षे सेवा अवधिसम्बन्धी व्यवस्थाका कारण आईजीपी सर्वेन्द्र खनालले आजबाट अनिवार्य अवकास...
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप...
काठमाडाैं, बैशाख ३-उपत्यका प्रहरीले लकडाउनमा कडाइ गरेको छ । सरकारले मंगलबार लकडाउन बढाएर १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेसँगै प्रहरीले पनि लकडाउनमा कडाइ गरेको हो । यसअघि ११ चैतदेखि कोरोना भाइरस (कोभिड—१९) को जोखिम रहेको भन्दै...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.