काठमाडौं थप ४ पसललाई जरिमाना

 न्यूज विराट
काठमाडौं थप ४ पसललाई जरिमाना

काठमाडौं, २५ वैशाख-दोहोरो बिल जारी गरेवापत आज २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि कारवाहीस्वरुप जरिमाना गरिएको जनाइएको छ ।

माकलबारीस्थित राजभण्डारी स्टोर्स र अम्बे ट्रेड सप्लायर्सलाई ३/३ लाखका दरले जरिमाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार दुवै पसलमा प्यान र भ्याट बिल हुँदा पनि साधा बिल जारी गरिएको भेटिएपछि जरिमाना गरिएको हो । दर्ता नगरी मार्ट सञ्चालन गरेको भेटिएपछि शंखमूलस्थित बेष्ट किनमेल मार्टलाई पनि ५० हजार रुपैयाँ जरिमाना गरिएको छ ।

त्यस्तै, आज नै बालाजुस्थित भ्याली कोल्ड स्टोर्सले लेवल नराखी मासु बिक्री गरेको भन्दै ३ दिनभित्र आवश्यक कागजपत्र लिएर विभागमा आउन निर्देशन दिइएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

मिल्स टि–२० क्रिकेट प्रतियोगिता, नरपथगन्ज र एनबीएससी फाइनलमा भिड्दै

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक...

एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव : मन्त्री राजभण्डारी

विराटनगर । कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव भएको बताएका छन् । पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले आह्वान गर्दै समिति बनाएपनि पहिचानवादीले बेवास्ता गरेको भन्दै...

विराटनगरमा पूर्वप्रहरीको लुटपाट धन्दा, दिनदहाडै १२ लाख लुटपाट

विराटनगर । दुई जना पूर्वप्रहरी मिलरे विराटनगरमा लुटपाट धन्दा चलाउने गरेको पाइएको छ । लुटिएको रकमसहित घटनामा संलग्न दुई जना पुर्वप्रहरीलाई मोरङ प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । प्रहरीले लुटपाटमा संलग्न विराटनगर...

विराटनगरको बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, १ पुस । निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले विराटनगर बखरीस्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई...

प्रहरीलाई देख्नसाथ लागूऔषध फ्याँकेर फरार दुई जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छ । मोरङ सुनवर्षी नगरपालिका ८ हर्चनगढी टोलमा बस्ने २८ वर्षिय प्रदिप कुमार राजवंशी र सोही ठाउँका २२ वर्षीय अपसर आलम लागूऔषधसहित पक्राउ परेका...

ब्राउनसुगर सहित १ जना पक्राउ

विराटनगर, १६ मंसिर । सुनसरी ईटहरी उप-महानगरपालिका ६ स्थितबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी ४ पान्धारे का ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे...

मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

विराटनगर, १० जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनरीकै देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अन्सारी रहेका छन् । शनिबार दिउँसो साढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्जतर्फ...

मौज्दात खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्