तत्काल राहातको प्याकेज घोषणा गर्न निजी क्षेत्रको आग्रह

 न्यूज विराट
तत्काल राहातको प्याकेज घोषणा गर्न निजी क्षेत्रको आग्रह

काठमाडौं, २५ वैशाख-लकडाउनको कारण बन्द हुने अवस्थामा पुगेका उद्योग प्रतिष्ठाहरुलाई सञ्चालन गर्न सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने उद्योगी व्यवसायीहरुले माग गरेका छन् ।

संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको बिहीबारको बैठकमा सहभागि भएका उद्योगी व्यवसायीहरुले सरकारले अहिले सम्म कुनै राहतको प्याकेज नदिएकाले आगामी वर्षको बजेट मार्फत राहत प्याकेज घोषणा गर्न माग गरेका हुन् ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले  उद्योगी व्यवसायीहरुको मनोबल बढाउनका लागि पनि सरकारले छिट्टै प्याकेज ल्याउनुपर्ने बताए । उनले भने ‘निजी क्षेत्रको अहिले मोरल एकदम डाउन भइसकेको छ । अहिले यो अवस्थाबाट हामी कसरी बाहिर निस्कने र कसरी बाँच्छौं भन्ने कुरा सबै निजी क्षेत्रले अहिले सोचिरहेको छ । यस्तो बेलामा चाडै भन्दा चाडै एउटा कुनै प्याकेज सरकारबाट आएन भने निजी क्षेत्रको मनोबल अझ खस्किन्छ ।’

बैंकको ब्याजदर पाँच प्रतिशतमा ल्याउनुपर्ने, पुर्नकर्जा कोषलाई एक खर्ब पुर्‍याइ कर्जा पाउन सहज बनाइनुपर्ने, पुर्नकर्जाको समय अवधि ६ महिनाबाट २ वर्ष पुर्‍याइनुपर्ने, साना तथा मझौला व्यवसायीलाई पनि पुर्नकर्जा उपलब्ध गराउनुपर्ने, ऋणको पुर्नतालिकिकरण गर्ने व्यवस्था हुनुपर्ने, पर्यटन क्षेत्रसँग सम्बन्धीत उद्योगहरुले लकडाउनको अवस्थामा ५० प्रतिशत मात्र तलब भुक्तानी गरे हुने व्यवस्था गर्न माग गरे ।

 नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले सरकारले २०६५ साल देखि सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रबाट उठाउँदै आएको रकमलाई पुर्नकर्जा कोषमा ल्याउनुपर्ने बताए ।

‘सामाजिक सुरक्षा कोषमा झण्डै ६५ सालदेखि यो १ प्रतिशत भनेर लिने गरेको छ । अहिले न ३१ प्रतिशतको कुरा आएको छ र सबै त्यसमा समावेस भएको छैन् ।’ मल्लले भने  त्यो एक प्रतिशत काटेको पैसा झण्डै ५० औं अर्ब छ । ६५ सालदेखिको प्राइभेट सेक्टर हरेकले दिइराखेको छ । त्यो पैसाले अहिले सामाजिक सुरक्षा कोष गर्नलाई २०/२५ करोड निकासा दियो होला त्यो थाहा भएन तर त्यस्तो पैसालाई पनि रिफाइनान्सीङमा मार्केटमा ल्याउनु पर्‍यो ।’

 उनले गाउँगाउँमा हुने उत्पादन, घरेलु र साना उद्योगबाट हुने उत्पादन बढाउन पनि विशेष ब्याजदरमा रकम उपलब्ध गराई उत्पादन बढाउन र सरकारले बजारको व्यवस्था गरे टिकाउ अर्थतन्त्र बन्नेमा सहज हुने बताए ।

उद्योग परिसंघका सदस्य निर्वाण चौधरीले अहिले सञ्चालनमा रहेका उद्योगहरुलाई पुनः सञ्चालन गर्नका लागि नै आफुहरुले सरकारसँग सहयोग मागिरहेको बताए । उनले सरकारले नयाँ उद्योग सञ्चालन भन्दा पनि अहिले भइराखेका उद्योगहरुलाई नै सहज रुपमा सञ्चालन गर्न ध्यान दिनुपर्ने बताए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अर्थतन्त्रमा कृषि पछिको योगदान पूर्वाधार क्षेत्रको रहकोले सरकारले बजेट मार्फत पूर्वाधारका लागि विशेष प्याकेज ल्याउनुपर्ने बताए । उनले त्यसमा पनि स्थानीय पूर्वाधारको विकासका लागि जोड दिनुपर्ने बताए ।

यस्तै लकडाउनका कारण निर्माण व्यवसायीहरुले बैंकबाट लिएको ३ खर्ब ४१ अर्ब ऋणको किस्ता भुक्तानी गर्न सक्ने अवस्था नरहेको बताए । उनले निर्माण क्षेत्रका लागि पनि पुर्नकर्जाको सुविधा नदिए बैंकिङ क्षेत्रमा मात्र नभई अर्थतन्त्रमा नै समस्या आउन सक्ने र आगामी चैत सम्म कर्जाको किस्ता तिर्न समेत नसक्ने बताए ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले लघु घरेलु तथा साना उद्योग सञ्चालनका लागि सरकारले सहजता प्रदान गर्नुपर्ने बताउनुभयो । साना तथा घरेलु उद्योग पुनः सञ्चालन गर्नका लागि थप पूँजीको आवस्यकता पर्ने भएकाले २ प्रतिशत ब्याजदरमा पुर्नकर्जा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । साना उद्योगीहरुले आफ्नो चुक्तापूँजीको ७० प्रतिशत सम्म पुर्नकर्जा पाउनुपर्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

उद्योगी व्यवसायीहरुका तीन वटै संगठनहरुले संयुक्त रुपमा सरकारलाई सुझाव पनि दिइसकेका छन् । उद्योगी व्यवसायीहरुले खासगरी तरलता व्यवस्थापन, श्रमिकहरुको व्यवस्थापन, उर्जा क्षेत्रमा विशेष व्यवस्था र नीतिगत सुधारका लागि सरकारलाई सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

मोरङको हुलाकी सडक बनाउन माग राख्दै सिडियो कार्यालय अगाडी धर्ना

विराटनगर । मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै कटहरीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । चार वर्ष बितिसक्दा पनि हुलाकी सडक निमार्ण पुरा नभएपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।नागरिक संघर्ष समितिले आन्दोलनको नेतृत्व...

इटहरीमा यामाहाएक्चेन्ज मेला सुरु

विराटनगर, ७ चैत । मोटरसाइकलका ग्राहकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा रहेको यामाहा मोटरसाईकल तथा स्कुटरहरुको विक्रेता तिरुपति अटो सिटीले यामाहाएक्चेन्ज मेला सुरु गरेको छ । पुराना मोटरसाईकल तथा स्कुटरहरुको उचित मुल्याँकन सहित सट्टामा नयाँ मोटरसाईकल...

आत्महत्या गरेकी छात्राको मोवाइलमा प्रिन्सिपलको अश्लील एसएमएस भेटिएपछि

नेपालगञ्ज, असोज २३ । बाँकेको बैजनाथ गाउपालिकास्थित चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन् । पाण्डेलाई आफ्नै विद्यालयबाट एसईई गरेकी छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा...

३ वर्षभित्र सबै जनताको स्वास्थ्य बीमा गरिने

काठमाडौं, जेठ २-५ सय ५१ स्थानीय तहमा २७ लाख बीमा गरिएको भन्दै आगमि ३ वर्षभित्रमा सबै नागरिकको स्वास्थ्य बीमा गरिसक्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । शुक्रबार संयुक्त सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले...

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन जोड

विराटनगर । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र मर्यादित बनाउन सरोकारवालहरुले जोड दिएका छन् । मानव अधिकारका लागि पिपुल फोरमले विराटनगरमा शनिबार आयोजना गरेको वैदेशिक रोजगारका समसामयिक नीति तथा निर्देशिकाहरुबारे सरोकारवाहरुबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका...

चौंथो मिल्स गोल्डकप, झापाको कनकाई सेमिफाइनलमा

विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २–१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा...

सत्ता गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भयो : एमाले

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता तथा पुर्वमुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संविधान र कानुनको हुर्मत लिएर गैरसंवैधानिक रूपमा विश्वासको मत लिएको बताएका छन् । मुख्यमन्त्री उद्धव थापाले बैठकको सभाअध्यक्ष गरेका इस्राइल अन्सारी समेत मत...

अत्यावश्यक व्यवसाय सञ्चालन गर्न संघको निर्देशन

कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् । आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्