सांसदको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुँदै छ । त्यसका लागि बिहीबार (आज) बिहान १० बजेदेखि राष्ट्रियसभा सांसदको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदको स्वाब संकलन सुरु गरिएको छ । स्वाब संकलन संघीय संसद भवन परिसर वानेश्वरमा गरिएको छ ।
कार्यव्यवस्था परामर्श समितिले पनि संसद भवन छिर्नेहरू सबैको कोरोना भइरस परीक्षणसहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।
संसद बैठक स्थलमा पनि सांसद बीचको दूरी कायम गरिने गरी व्यवस्था मिलाइएको छ भने संसद प्रवेश गर्नेहरूले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, संसद भवनमा प्रेवश गर्दा बाहिरबाट ल्याइएका कलम र डायरी बोक्नसमेत नपाइने भएको छ ।