नेकपा विवाद : २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

 न्यूज विराट
नेकपा विवाद : २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

काठमाडौं, २५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका २० जना स्थायी कमिटीका सदस्यले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भेला गरेका छन् ।

२० गते बसेको सचिवालयले २५ गते स्थायी कमिटीको बैठक बोलाएको थियो । तर, बुधबार बसेको सचिवालय बैठकले कुनै निर्णय गर्न नसकेपछि आज बोलाएको स्थायी कमिटीको बैठक अनिश्चित भएको हो ।

स्थायी कमिटीको बैठक बोलाउन भन्दै २० जना स्थायी कमिटी सदस्यले १० गते नै हस्ताक्षर गरेर स्थायी कमिटीको बैठक बोलाउन माग गरेका थिए ।

बुधबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयको बैठबाट उठेर हिँडेपछि नेकपाको सचिवालय बैठक पनि बिनानिष्कर्ष सकिएको थियो । आज बिहीबार बोलाएको स्थायी कमिटीको बैठक पनि अनिश्चित बनेपछि असन्तुष्ट पक्षका स्थायी कमिटी सदस्यले पार्टी कार्यलय धुम्बाराहीमा नै भेला बोलाएका हुन् ।

सम्बन्धित समाचार

उच्च भन्सार दर राखेको सामान सहज रुपमा आयात दिनुपर्ने माग

विराटनगर । भारतले उच्च भन्सार दर राखेको सामान नेपालले ओजिएल अन्तर्गत विना रोकटोक आयात गर्न दिनु पर्ने यहाँका उद्योगी व्यवसायीहरुले माग राखेका छन् । मोरङ व्यापार संघको विराटनगरमा सोमबार भएको ६६ औँ साधारण सभाको उद्घाटन...

आज ८ संक्रमितको मृत्यु, २ सय ७३ जना आईसीयूमा

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ सय ६५ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज १३ हजार ८...

चन्द्रागिरीका ६५ जनामा आरडीटी पोजिटिभ

काठमाडौं, १० जेठ-चन्द्रागिरी नगरपालिकाका ६५ व्यक्तिमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएसँगै उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरीका विभिन्न व्यक्तिको आरडीटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजिटिभ देखिएको जानकारी दिए । ‘विभिन्न जिल्लाबाट...

अमेरिकी निर्वाचनः मतदान सम्पन्न, प्रारम्भिक नतिजा आउन सुरु

एजेन्सी, १९ कात्तिक-अमेरिकी राष्ट्रपति पदका लागि मतदान सम्पन्न भएको छ । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अब मतपरिणामको पर्खाई सुरु भएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना समेत सुरु भएको छ...

विराटनगरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा आयोजित व्यापार मेला सम्पन्न, ७ हजार बढीले गरे अवलोकन

विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको व्यापार मेला सम्पन्न भएको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा आयोजना गरेको व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ सम्पन्न भएको हो । ...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : नरपथगञ्ज र एपीएफ विजयी

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश...

तेली समाजले एक दर्जन विधामा काम गर्ने महिलालाई सम्मान गर्ने

विराटनगर । तेली कल्याण समाज मोरङ्गले महिलाहरुलाई सम्मान गर्ने भएको छ । जिल्ला कार्य समितिको केही दिन बसेको बैठकले तेली सामुदायमा विशेष योगदान पुर्याउने महिलाहरुलाई सम्मान गर्ने निर्णाय गरेको हो ।तेली समुदायको विशेष योगदान पुरÞ्याएका...

कोरोना परीक्षणको संख्या ३३ हजार नाघ्यो

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट ३३ हजार ५ सय ६२...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्