तनहुँमा मान्छे आक्रमण गर्न बस्ती छिरेको चितुवा मारियो

 न्यूज विराट
तनहुँमा मान्छे आक्रमण गर्न बस्ती छिरेको चितुवा मारियो

तनहुँ, २५ वैशाख-तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको १ पोथी चितुवा मारिएको हो । 

स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा चोर्न आएको थाहा पाएपछि स्थानीयवासीले लखेट्दै जाँदा वन छेउको रुखमा रहेको चितुवा एक्कासी मानिसमाथि जाइलागेपछि चितुवा मारिएको हो ।

सो क्रममा स्थानीय रामबहादुर कुमाल सख्त घाइते भएको वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिए । घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी भानुबाट प्रहरी टोली घटनास्थलमा पुगे पनि वन कार्यालयका प्रतिनिधि आइनपुगेका कारण यसको विस्तृत जानकारी पाउन नसकिएको उनले बताए ।

घटनाको जानकारी पाएसँगै डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत विजय देवकोटाको एक टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले बताए । केही समयअघि सोही वडाको लोहीपाखामा राखेको खोरमा बुधबार बिहान पोथी चितुवा मृतावस्थामा फेला परेको थियो । करिब ५/६ वर्षको देखिने २५/३० किलोग्राम तौल भएको चितुवा मृत फेला परेको हो ।

चितुवाको आक्रमणबाट तनहुँमा २ वर्षको अवधिमा ९ बालबालिकाको मृत्यु हुनुका साथै ७ जना घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको १६ स्थानमा १६ वटा खोर निर्माण गरी पासो थाप्दै आएको छ । रासस

सम्बन्धित समाचार

भारतीय विस्तारविरुद्ध सडकमा उत्रिएका पूर्वएआइजी र जर्नेल २ घण्टा थुनिए

 काठमाडौं, २७ वैशाख-पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यात २ घण्टा थुनिएका छन् । शुक्रबार भारतले एकतर्फीरूपमा नेपाली जमिन मिचेर धार्मिकस्थल मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि नेपालीहरू विरोधमा उत्रिएका छन् । त्यसैको...

गृह नगरमा ललित राजवंशीलाई भव्य स्वागत

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित राजवंशीलाई गृह नगरी विराटनगरमा भव्य स्वागत गरिएको छ । खेलकुद संग सम्बन्धीत विभिन्न संघसंस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्तिहरुले राजवंशीलाई...

अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

एजेन्सी, २४ कात्तिक । सोसल मेसेजिङ प्लाटर्फम ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउनेछन् । यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने...

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

काठमाडौं, २६ साउन-भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल ट्विटरमा ट्विट लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आज गरिएको अस्पताल भिजिटका क्रममा...

मंगलबारदेखि निजी सवारीमा जोर–बिजोर लागू गर्ने तयारी

सरकारले काठमाडौं उपत्यकामा मंगलबारदेखि निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । स्मार्ट लकडाउन लगाउने तयारी गरेको सरकारले निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली गर्ने तयारी गरेको हो । ‘निजीको हकमा जोर–बिजोर गर्ने विषयमा छलफल...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी ९घोल० भित्र गैँडा मृत भेटिएको हो । भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ...

गृहजिल्ला झापाबाट ओलीको उद्‍घोष- प्रधानमन्त्रीबाट हटाए दुई तिहाइ बहुमतसहित फेरि सिंहदरबार फर्किन्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गरेका छन् । ‘मलाई हटाउन सजिलो छैन । यदि कसैले हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु । तर, आउँदो...

आज र भाेलि यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २३ भदौ-आज र भोलि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेका सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का १/२ स्थानमा भारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्