सुरक्षा चुस्त पार्न सातै प्रदेशका प्रहरीलाई आइजीपी ज्ञवालीको निर्देशन

 न्यूज विराट
सुरक्षा चुस्त पार्न सातै प्रदेशका प्रहरीलाई आइजीपी ज्ञवालीको निर्देशन

काठमाडौं, २४ वैशाख-प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखहरूलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्न निर्देशन एका छन् । प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट आज भिडियो कन्फ्रेन्सद्वारा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक ज्ञवालीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सिर्जना भएको विषम परिस्थितिमा सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपङ्तिमा खटिएको प्रहरीको सक्रिय योगदानका कारण सकारात्मक सन्देश गएको चर्चा गर्दै अझै थप कडाइका साथ लाग्न आग्रह गरे ।

विषम परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्ने उनले उल्लेख गरे । प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपङ्तिमा खटिएका प्रहरीका लागि पीपीई समेतको आवश्यकताअनुसार थप व्यवस्था गरिने उनले आश्वासन दिए ।

सीमा क्षेत्रमा थप सक्रियता अपनाउनुपर्नेतर्फ जोड दिँदै उनले जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरूसँग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न प्रदेश प्रमुखहरूलाई निर्देश गरे ।

प्रहरी महानिरीक्षक ज्ञवालीले समाजमा विभिन्न अपराधहरू घट्न नदिन सचेत हुनुपर्नेमा जोड दिँदै हुनसक्ने घटनाप्रति उच्च संवेनशील भएर कार्य गर्न निर्देशन दिए ।

बाढी, पहिरो, हावाहुरी, खडेरीलगायतका प्राकृतिक प्रकोपहरु समेत आउन सक्ने मौसम भएकाले त्यसतर्फ समेत चनाखो रहन आग्रह गरेका छन् । रासस

सम्बन्धित समाचार

आइतबारको बिदा आजदेखि लागू

काठमाडौं । आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १२९ दिन छुट्टी मनाउन पाइने भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको बिदाअनुसार यस वर्ष...

प्रधानन्यायाधीश जबराले आज पनि सबै खालका मुद्दामा तोके पेसी

काठमाडौं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेको छन् । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोकेका हुन् । उनले आज आफ्ना लागि भने कुनै इजालास पेसी...

प्रदेश १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ

विराटनगर, १५ असार-मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका...

विद्यार्थीलाई प्रविधिसँग जोड्दै रोटरी क्लब अफ विराटनगर

विराटनगर । विराटनगरस्थित जनता माविकी कक्षा १२ मा अध्ययरत छात्रा दुर्गा यादव अहिले मज्जासँगले कम्प्युटर चलाउन सक्ने भएकी छिन् । उनले कम्प्युटरबाट अंग्रेजी र नेपाली टाइपसँगै एक्सल पनि चलाउन थालेकी छिन् । कम्प्युटर राम्रोसँग चलाउन...

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

ओलीनिकट ज्ञवाली दलसम्बन्धी अध्यादेशको विपक्षमा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशको प्रस्तावप्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विरोध गरेका थिए । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा...

यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी वहन गर्छ : प्रधानमन्त्री ओली 

काठमाडौं, १ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भावी पुस्ता सक्षम हुन आवश्यक रहेको बताएका छन् । आज विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरू भएको घोषणाका सन्दर्भमा बोल्दै उनले आगामी पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी...

अरनिको कलेजद्धारा नेतृत्व विकाश तालिम

विराटनगर । विराटनगर–१० मा रहेको अरनीको कलेजले दुई दिवसीय नेतृत्व विकाश तालिमको आयोजना गरेको छ । कलेजले शनिबारदेखि शुरु भएको नेतृत्व विकास तालिममा उद्यमशीलता स्टार्टअप , डिजिटल विजनेस र एआई तालिमको आयोजना गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्