वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट

 न्यूज विराट
वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट

काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले लकडाउनले अर्थतन्त्रमा पारेको असर कमगर्न काम गर्दा संवैधानिक संकट आउन सक्ने खतरा रहेको बताएका हुन् ।

‘कोरोना आइसकेपछाडि हाम्रो वित्तीय उत्तरदायित्व ऐनको नियमावली पनि छैन् । संसदले हामीलाई के म्याण्डेट दिएको छ भन्दा वित्तीय उत्तरदायित्व ऐनबाट भन्दा खर्च गर्ने र आलेप गर्ने छुट्टै स्ट्रिम हुनुपर्छ एकाउन्ट भित्र भनेको छ । त्यो काम हामीले गर्न सकेका छैनौँ’ उनले भने, ‘एउटा सानो संवैधानिक संकट आउनसक्ने अवस्था छ । आगामी आर्थिक वर्षमा अडिटको सिलसिलालाई लिएर ।’

कोरोना कोषमा जम्मा भएको करिब २ अर्ब १८ करोड रुपैयाँबाट अहिलेसम्म निकासा नगरिएको र ट्रेजरीबाट व्यवस्थापन गरिरहेको अवस्थामा वित्तीय उत्तरदायित्व ऐनको नियमावली नहुँदा समस्या आउन सक्ने मैनालीले बताए । वित्तीय उत्तरदायित्व ऐनले खर्च गर्ने र आलेप गर्ने स्ट्रिम हुनुपर्छ भनेको अवस्थामा नियमावली नहुँदा संकट आउन सक्ने बताएका हुन् । उनले प्रदेश सरकारहरूले खोलेको कोरोना कोषबाट भने रकम खर्च भइराखेको बताए ।

सम्बन्धित समाचार

शेयर कारोबारमा हौसिए लगानीकर्ता, एकै दिन ६ अर्बको कारोबार

काठमाडौं, ४ मंसिर-शेयरबजारमा लगानीकर्ताको आर्कषण बढ्दै गएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गर्न थालेको छ । साताको अन्तिम दिन बिहीबार आज पनि सेयर खरिदबिक्री गर्ने लगानीकर्ताको चाप बढ्दा कारोबार रकमले नयाँँ रेकर्ड कायम गरेको छ...

‘भौतिक संरचना, प्रयोगकर्ता मैत्री बनाऔं’

विराटनगर, २४ मंसिर–भौतिक संरचना निर्माणगर्दा प्रयोगकर्ता मैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रयोगकर्तामैत्री हुँदा सवैका लागि सहज हुने उनीहरुको भनाई छ । भौतिक पूर्वाधारहरु अपाङ्गतामैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुन आवस्यक रहेकोमा उनीहरुको जोड...

कोशी प्रदेश टी–१० क्रिकेटको उपाधि वाइआरसीसीलाई (फोटो फिचर)

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामाको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका–६ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो...

विराटनगरको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रद्वारा एक वर्षमा २६ हजार पिन्ट रगत संकलन

विराटनगर, १२ । नेपाल रेडक्रस सोसाईटी मोरङ जिल्ला शाखाअन्र्तगत संचालित क्षेत्रीय रक्त संचार सेवाकेन्द्रले आर्थिक बर्ष २०७६/७७ मा २६ हजार पिन्ट बढी रगत संकलन गरेको छ । सो संस्थाले उक्त आर्थिक बर्षमा २२ हजार पिन्ट...

कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने

काठमाडौं, २४ जेठ-कोभिड-१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड-१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि-२०७६ पहिलो संशोधनमा मृत शरीरसँग...

आज विराटनगरमा २४५ जनामा कोरोना संक्रमण

विराटनगर, ११ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा...

एसईइ रनिङ शिल्ड प्रतियोगिता, उपाधिको लागि बरहा राईजिङ र सत्यनारायण मावि भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि फाइनलमा पुगेको छ । विराटनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद...

नेपालमा थप १२३९ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, ७ असोज । नेपालमा थप १ हजार २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्