उपत्यका भित्रिने नाकामा थप कडाइ

 न्यूज विराट
उपत्यका भित्रिने नाकामा थप कडाइ

काठमाडौं २४ वैशाख-जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले काठमाडौं उपत्यका भित्रिने मुड्खु, नागढुङ्गा, साँखु, जगाती, भीमढुङ्गा नाकाहरूको अनुगमन गरेको छ । काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनको विषयमा वस्तुस्थिति बुझ्न, नाकामा हुने चेकजाँच कडाई गर्नका लागि अनुगमन तथा निरीक्षण गरिको जनाइएको छ ।

काठमाडौं बाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरू लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले बताए ।

उनले भने, ‘अत्यावश्यक मालबाहक सवारीहरूमा मानिसहरू लुकेर काठमाडौं आइरहेका छन् भन्ने सूचना मलाई आएको थियो । वास्तविकता के रहेछ भनेर आजसम्ममा हामी सबै नाकाहरूमा गयौँ । हामीले नाकाहरूमा तीन-चार घण्टा पनि बितायौँ तर त्यस्तो पाइएन ।’

टोलीले एक हप्तामा अनुगमन गरेको  हो । उनले रातारात मान्छे काठमाडौं भित्रिए भनेर आएको खबर जस्तो डरलाग्नो अवस्था नरहेको उनले बताए । ढकालले भने, ‘नाकाहरूबाट उपत्यकामा आवश्यक पर्ने खाद्यवस्तु, तरकारी ढुवानी गर्ने, पेट्रोलियम बस्तु ढुवानी गर्ने र बिरामी बोकेका एम्बुलेन्स मात्रै भित्रिँदै गरेका भेट्यौं । ती गाडीहरूमा चालक र सहचालक मात्र थिए ।’

सम्बन्धित समाचार

रेलमार्ग परियोजनाको काम अघि बढाउन पहल

विराटनगर, १ पुस–प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल सुरु गरेका छन् । मुआब्जाविवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उनले मन्त्रालयमा...

विराटनगर आएर सभापति देउवाले भने–सरकारमा जान हतार छैन

विराटनगर, १० चैत । नेपाली कांग्रेसका सभापती शेरवहादुुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरुसँग कुुरागर्दै उनले काग्रेसलाई जनताले प्रतिपक्षको म्यान्डेड दिएकाले सरकारमा जान कांग्रेसलाई हतार नरहेको बताएका हुन्...

पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड

मोरङ ,१० साउन । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन् । तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज यहाँ आयोजित एक दिने...

भारतमा एकैदिन थपिए ३ लाख ३७ हजार संक्रमित, ४८८ जनाकाे मृत्यु

भारतमा एकैदिन ३ लाख ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ३ लाख ३७ हजार ७०४ संक्रमित थपिएका हुन् । याे संख्या अघिल्लाे दिनकाे तुलनामा ९ हजार...

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...

कतारमा समस्यामा परेका नेपाली फर्काउन नेपाल र हिमालय एयरलाइन्सका ३/३ उडान तय

काठमाडौं, ३१ असार-कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीका लागि कतारबाट नेपाल एयरलाइन्सका ३ तथा हिमालय एयरलाइन्सका ३ गरी ६ वटा उडानहरू तय भएका छन् ।  दुवै एयरलाइन्सका आगामी १७, १८...

६८ औँ सहकारी दिवसको अवसरमा विराटनगरमा मोटरसाईकल र्याली, हजार बढीको सहभागीता

विराटनगर । ६८ औँ सहकारी दिवसको अवसरमा विराटनगरमा बृहत मोटरसाईकल र्याली निकालिएको छ । सोमबार अपराहन्न विराटनगरस्थित पुष्पलाल चौकबाट निकालिएको बृहत मोटरसाइकल र्याली रोडशेष चोकमा सम्पन्न भएको थियो ।र्यालीमा एक हजार बढी संख्यामा सहकारी अभियान्ता...

आज १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो

काठमाडौं, १८ जेठ-आइतबार नेपालमा १ सय ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । आज पुष्टि भएका संक्रमितमध्ये १ जना ६२ पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्