नेपाली सीमा चौकीमा आक्रमणको प्रयासः भारतीय पक्षले माग्यो माफी

 न्यूज विराट
नेपाली सीमा चौकीमा आक्रमणको प्रयासः भारतीय पक्षले माग्यो माफी

झापा, २४ वैशाख-झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मंगलबार माफी मागेको छ । झापा गाउँपालिका-४ सुकुम्वासी बस्तीमा १५० को संख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले २ राउण्ड हवाईफायर गर्नु परेको थियो ।

सोही विषयमा मंगलबार दिउँसो घटनास्थलमा दुवै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल हुँदा भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गर्दै संलग्नमाथि भारतीय प्रशासनद्वारा कानुनी कारवाही गरिने सहमति भएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

‘भारतीय सीमा सुरक्षा बल, सीमावर्ती भारतीय ग्रामपञ्चायतका जनप्रतिनिधि र स्थानीय गाउँलेहरु छलफलमा आएका थिए’ ढकालले सहमतिका बारेमा जानकारी दिँदै भने, ‘हवाईफायर गर्नुपर्ने अवस्था सिर्जना भएकामा भारतीय पक्ष दोषी भएको हामीले बतायौँ, उहाँहरुले गल्ती स्वीकार्दै क्षमा माग्नुभयो ।’

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले छलफलमा सीमाको सुरक्षा संवेदनशीलता नबुझी हुलहुज्जत हुनु भारतीय पक्षको गम्भीर कमजोरी भएको निष्कर्ष निकाल्दै कोभिड–१९ सङ्क्रमण रोक्न सीमा क्षेत्रबाट आवतजावत हुन नदिने दुवै देशले यसअघि गरेको प्रतिबद्धतालाई कडाइका साथ पालना गर्ने सहमति भएको जानकारी दिए ।

सङ्क्रमण देखिए पत्रकारलाई १ लाख

झापाको बिर्तामोडबाट सञ्चालित साझामञ्च डटकममा कार्यरत पत्रकार तथा कर्मचारीको १ लाख रुपैयाँ को कोरोना बीमा गरिएको छ । मिडिया प्रालिका अध्यक्ष एवं प्रदेश सांसद एकराज कार्कीले २३ वैशाखबाट १ वर्षसम्म लागू हुनेगरी कार्यरत कुनै पत्रकार वा कर्मचारीलाई कोरोनाको पीसीआर परीक्षणमा पोजिटिभ देखिए बीमावापत प्रतिव्यक्ति १ लाख रुपैयाँ भुक्तानी दिइने बताए ।

सम्पादक गोपाल काफ्लेले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाबाट १० पत्रकार तथा कर्मचारीको बीमा गरिएको जानकारी दिए । रासस

सम्बन्धित समाचार

मोरङको कटहरीमा डुबेर एक जना बालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको खोलामा डुबेर आज विहान मृत्यु भएको हो । प्रेमकुमार नुहाउन भनेर...

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको बैठक पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न

विराटनगर, १५ चैत । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको पूर्ण बैठक जिल्लाकै शुन्दर पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न भएको हो । महासंघको दोस्रो पूर्ण बैठक मोरङको केराबारी गाउँपालिका–२ स्थित पर्यटकिय क्षेत्र जेफालेमा सम्पन्न भएको...

श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा राहत सामग्री वितरण

मुलुक कोरोनाका कारण संकटमा परेको बेला अति विपन्न परिवार, सडकमा रहेका जनावर पशुपक्षीहरूलाई राहत सामग्री वितरण गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समितिले राहत...

विराट एक्स्पो २०७६ सुरु, अर्थमन्त्री खतिवडाले गरे उद्घाटन

विराटनगर, फागुन २–विराटनगरमा शुक्रबारदेखी विराट एक्स्पो (अन्तराष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी) सुरु भएको छ । एक्स्पोको केहीवेर अघि अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् । व्यापार मेलामा हेलिकोप्टरबाट विराटनगर अवलोकन, पाथीभरा दर्शन, हात्तीको सवारीलगायत विभिन्न...

चितवनका १ सङ्क्रमित कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

चितवन, १३ वैशाख-कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका २ जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । २ पटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै...

अर्थमन्त्रीको ‘फेक’ फेसबुक एइकाउन्ट

काठमाडौं, फागुन २९–अर्थमन्त्री डा.युवराज खतिवडाले आफ्नो नाममा ‘फेक’ फेसबुक अकाउन्ट खोलेको भन्दै प्रहरीलाई नियन्त्रणका लागि आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले आफ्नो फेसबुक तथा ट्वीटर अकाउण्ट नभएको तर आफ्नो नाम र तस्वीर प्रयोग गरी अकाउन्ट...

कटहरीमा कोभिड–१९ सम्बन्धी अभिमुखिकरण

विराटनगर, असार २३–मोरङको कटहरीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तर्गत विराटनगर न्युज मिडिया गु्रप...

कुवेतबाट थप १ सय ५० नेपाली काठमाडौं आइपुगे

काठमाडौं, ४ असार-कुवतेबाट १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली केहीबेरअघि जजिरा एअरमार्फत काठमाडौं आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्